टाटा पन्चमा उच्च आकर्षण, बनायो नयाँ रेकर्ड

काठमाडौं । भारतीय बजारमा टाटा पन्चले नयाँ रेकर्ड बनाएको छ । टाटा मोटर्सको पछिल्लो एसयूभी पन्चले भारतमा सबैभन्दा छोटो समयमै बिक्रीको ६ लाख युनिट पूरा गर्दै नयाँ रेकर्ड बनाएको हो ।

सन् २०२१ को अक्टोबरमा लन्च भएको टाटाको पन्चले ४ वर्षभन्दा कम समयमा ६ लाख युनिट बिक्रीको कोशेढुंगा पार गरेको हो । भारतीय बजारमा कुनै पनि मोडल ४ वर्षभन्दा कममै ६ लाख युनिट बिक्री भएको यो पहिलोपटक हो ।

भारतीय बजारमा टाटा पन्चलाई निकै रुचाइँदा नयाँ रेकर्ड बनाउन सफल भएको हो । पन्च सन् २०२५ को ५ महिनामै १ लाख युनिट बिक्री भएको छ । टाटा पन्च लन्च भएको १० महिना अर्थात् सन् २०२२ को अगस्टमा १ लाख युनिट बिक्री भएको थियो ।

त्यस्तै, टाटा पन्चले सन् २०२३ को मेमा २ लाख, सन् २०२३ को डिसेम्बरमा ३ लाख, सन् २०२४ को जुलाइमा ४ लाख र सन् २०२५ को जनवरीमा ५ लाख युनिटको माइलस्टोन पार गरेको थियो ।

टाटा पन्च सब कम्प्याक्ट सेग्मेन्टकै पहिलो भारतीय एसयूभी हो । पन्च भारतको सहरी र सहरउन्नमुख क्षेत्रमा धेरै रुचाइएको गाडी हो । भारतमा टाटा पन्च इलेक्ट्रीक, पेट्रोल र सीएनजी भर्सनमा उपलब्ध छ ।

नेपाली बजारमा टाटा पन्चको इलेक्ट्रीक र पेट्रोल भर्सन उपलब्ध छ । जसमा इलेक्ट्री भेरियन्ट निकै रुचाइएको पाइन्छ ।

आकर्षक डिजाइन र अत्याधुनिक फिचर लोडेड टाटा पन्चले ग्लोबल एनक्याप र भारत एनक्यापमा ५ स्टारको सेफ्टी रेटिङ पाएको छ ।


Back_to_top