१ वर्षमै थपिए ३११ चार्जिङ स्टेसन, देशभर कति पुग्यो ?

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा देशभर ३११ वटा विद्युतीय सवारी साधन (ईभी) चार्जिङ स्टेसन निर्माण भएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफ्नो १ वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार अघिल्लो आर्थिक वर्षसम्म देशभर प्राधिकरणले करिब १२०० चार्जिङ स्टेसन निर्माण गरेको थियो । गत आर्थिक वर्षमा ३११ चार्जिङ स्टेसन थप निर्माण सम्पन्न भई हाल देशभर चार्जिङ स्टेसनको संख्या १ हजार ५११ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय विद्युतीय सवारीको प्रयोग ह्वात्तै बढेसँगै चार्जिङ स्टेसन निर्माणले पनि तीव्रता पाएको हो । हाल प्राधिकरण र निजी क्षत्रेको लगानीमा चार्जिङ स्टेसन निर्माण भइरहेका छन् । सरकारले चार्जिङ स्टेसन निर्माणमा निजी क्षेत्रलाई प्रोत्साहन गर्दै सहुलियत समेत दिँदै आएको छ ।


Back_to_top