टाटा पन्चको मूल्य सार्वजनिक, कति पर्ला नेपालमा ?

काठमाडौं । टाटा मोटर्सले आफ्नो माइक्रो एसयूभी पन्चको मूल्य सार्वजनिक गरेको छ । कम्पनीले ५ लाख ४९ हजार भारतीय रुपैयाँ मूल्य सहित पन्चलाई बजारमा उतारेको हो । केही दिनअघि पन्चको डिटेल सार्वजनिक गरेको कम्पनीले आज पन्चको मूल्य सार्वजनिक गरेको हो ।

विभिन्न ४ भेरियन्टमा सार्वजनिक भएको पन्च म्यानुयल र अटोमेटीक भेरियन्टमा सार्वजनिक भएको छ । कम्पनीले पहिलो पटक भेरियन्ट अनुसारको नाम दिएर पन्चलाई बजारमा ल्याएको हो । पन्च म्यानुयल भेरियन्टको मूल्य ५ लाख ४९ हजार, एड्भेन्चरको ६ लाख ३९ हजार, एकभलिष्टको ७ लाख २९ हजार र टप क्रिएटीभ भेरियन्टको ८ लाख ४९ हजार भारतीय रुपैयाँ तोकेको छ ।

त्यसैगरी पन्च अटोमेटीक पेयोर भेरियन्टको मूल्य ६ लाख ९ हजार, एड्भेन्चरको ६ लाख ९९ हजार, एकभलिष्टको ७ लाख ८९ हजार र टप क्रिएटीभ भेरियन्टको ९ लाख ९ हजार भारतीय रुपैयाँ तोकेर विक्री सुरु गरेको हो ।

टाटा पन्चले ग्लोबल एनक्याप क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएकोले यसमा धेरै ग्राहकको आकर्षण रहेको छ । साना कारमा पन्च ५ स्टार रेटिङ पाउने टाटाको तेस्रो कार हो । माइक्रो एसयूभी सेग्मेन्टमा बजारमा आएको पन्च डिजाइन, भेरियन्ट, पर्फमेन्स, स्पेशियस क्यावीन र पूर्ण सुरक्षित कार रहेको छ ।

टाटाले पन्चलाई विभिन्न ७ कलर अप्सनमा बजारमा उपलब्ध गराउने भएको छ । जसमा ह्वाइट, ओरेन्ज, ग्रे, ब्रन्ज, रेड, मिस्ट र व्ल्यू कलर अप्सनमा उपलब्ध गराउने छ । टाटाले पन्चमा दिएको इन्जिन पनि निकै पावरफुल रहेको छ । यसमा १.२ लिटर थ्रि सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८६ बीएच पावर र ११३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल र एएमटी गियरबक्स उपलब्ध हुनेछ । यसमा १८७ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ ।

टाटा पन्चको डोर ह्याण्डल पिलरमा दिइएको छ । निकै बाक्लो बडी क्लाडिङ, स्क्वायर अफ ह्वील आर्क, एलइडी टेलल्याम्प, हर्मनको ७ इन्च इन्फोटेन्टमेन्ट सिस्टम, ९० डिग्रीमा खुल्ने ढोका, १६ इन्चको डायमन्ड कट अलोय ह्वील, अटोमेटीक क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर, रिभर्स क्यामेरा र सेन्सर, पुस बटम स्टार्टरस्टप बटम, दुई एयरव्याग, एबीएस, इबीडी, ब्रेक एसवे कन्ट्रोल, इएससी, कुल्ड ग्लोबबक्स, क्रुज कन्ट्रोल, अटो फोल्डिङ ओआरभीएम, लेदर र्याप स्टेरिङ ह्वील जस्ता फिचर पाउन सकिन्छ ।

टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले यसलाई तिहारपछि नेपाल ल्याउने अनुमान गरिएको पन्चको मूल्य २८ लाख ५० हजारदेखि ४६ लाखसम्म पर्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top