काठमाडौं । हुन्डाई र महिन्द्राले दुई नयाँ एसयूभी नेपाल ल्याउने तयारी गरिरहेका छन् । हुन्डाई र महिन्द्राका पेट्रोल र डिजेल इन्जिनमा उपलब्ध हुने अल्काजार र एक्सयूभी ७०० नेपाल आउने तयारीमा रहेका मोडल हुन् ।
महिन्द्राको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटले एक्सयूभी ७०० नोभेम्बरको सुरुसम्ममा विक्री सुरु गर्ने योजना बनाएको छ । त्यस्तै हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले पनि अल्काजार नेपाल ल्याउने तयारी गरिरहेको जनाएको छ । यी दुबै मोडल ६ वा ७ सिट क्षमताका एसयूभी हुन् । केही लामो साइज, कम बुट स्पेश हुने यस्ता ७ सिट क्षमताका एसयूभी आफैँ चलाउने भन्दा चालक राखेर यात्रा गर्नेको धेरै रोजाईमा पर्छ ।
यी दुबै एसयूभी पेट्रोल र डिजेल इन्जिनमा उपलब्ध हुने छन् । हुन्डाई अल्काजार सफल एसयूभी क्रेटोको नयाँ जेनेरेशन मोडलसँग मिल्दो जुल्दो रहेको छ । यसमा प्रयोग गरिएको ठूलो क्रोम भएको गार्निस ग्रिल, एलइडी प्रोजेक्टर हेडल्याम्प, एलइडी टेललाइट तथा स्टाइलिस अलोय ह्वीलले यसलाई आकर्षक देखिएको छ ।

महिन्द्राको एक्सयूभी ७०० पहिलाको एक्सयूभी ५०० को तुलनामा धेरै फरक देखिएको छ । नयाँ एसयूभी ७०० ठूलो साइजको फ्रन्ट ग्रिलले अग्रेसिभ देखाएको छ । यसको भर्टिकल स्ल्याट्मा भएको क्रोम गार्निसले यसलाई आकर्षक बनाएको छ । मस्कुलर लुक्सको कारण यसको रोड प्रेजेन्स राम्रो देखिएको छ । यो एसयूभीमा महिन्द्राले भर्खरै प्रयोगमा ल्याएको नयाँ ब्राण्ड लोगो प्रयोग गरिएको छ ।
यी दुईको बीचमा १९५ एमएमको लम्बाईमा फरक छ । एक्सयूभी ७०० को लम्बाई ४६९५ एमएम छ भने अल्काजारको ४५०० एमएम मात्रै रहेको छ । एक्सयूभी ७०० को चौडाई १८९० र अल्काजारको १७९० एमएम रहेको छ ।

नयाँ एसयूभी अल्काजार ६ र सात सिटरको अप्सनमा रहेको छ । ड्यूलटोन थिम, ठूलो साइजको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, फुल्ली डिजिटल इन्ट्रुमेन्ट क्लष्टर,एम्बीयन्ट लाइटिङ तथा दोस्रो सिटरोको आर्मरेस्ट आदिले यो एसयूभी फिचर प्याक देखिएको छ । सुरक्षा लागि यो एसयूभीमा फ्रन्ट तथा रियर पार्किङ सेन्सर, व्लाइण्ड भ्यू मोनिटर तथा ६ वटा एयरव्याग रहेको छ ।
महिन्द्रा एक्सयूभी ७०० मा १०.२५ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, हाइविम असिस्ट सहितको एडीएएस, अडाप्टीभ क्रुज कन्ट्रोल, ट्राफिक साइन रिकग्नेसन सिस्टम आदि फरक फिचर रहेको छ । त्यस्तै सुरक्षाका लागि यस एसयूभीमा ७ वटा एयरव्याग, फ्रन्ट कोलिजन वार्निङ, इएसपी, कस्टुम ड्राइभमोड, इलेक्ट्रोनीक पार्किङ ब्रेक आदि नयाँ रहेको छन् ।

हुन्डाई अल्काजारमा २.० लिटरको पेट्रोल तथा १.५ लिटरको डिजल इन्जिन रहेको छ । यसको पेट्रोल इन्जिनले १५७ बीएच पावर तथा १९१ एनएम टर्क जेनेरेट गर्छ । त्यस्तै डिजल इन्जिनले ११३ बीएच पावर तथा २५० एनएम टर्क उत्सर्जन गर्छ । दुबै पेट्रोल तथा डिजल इन्जिन ६ स्पीडको म्यानुयल तथा अटोमेटीक गियरबक्समा उपलब्ध हुनेछ ।
महिन्द्राको एक्सयूभी ७०० मा २.२ लिटरको एमहक डिजल तथा २.० लिटरको एमस्टेलन पेट्रोल इन्जिन रहेको छ । यसमा दिएको २.० लिटरको पेट्रोल इन्जिनले १९७ बीएच पावर तथा ३८० एनएम टर्क तथा डिजल इन्जिनले १५२ बीएच पावर तथा ३६० एनएम टर्क उत्सर्जन गर्छ । यी दुबै इन्जिन अप्सनमा महिन्द्राले ६ स्पीड म्यानुयल तथा अटोमेटीक गियरवक्स दिएको छ ।

