काठमाडौं । टाटाले आफ्नो आइकोनीक मोडल सफारीको नयाँ जेनेरेशन नेपालमा सार्वजनिक गरेको छ । सिप्रदी ट्रेडिङले शुरुवाती मूल्य ८१ लाख ९९ हजार तोकेर यसको विक्री सुरु गरेको हो ।
७ सिट क्षमताको यो एसयूभी आरामदायी, उत्कृष्ट कार्यक्षमता र डिजाइनको बेजोड सम्मिश्रण हो । आधुनिक युगका शक्तिशालि एवं आकर्षक एसयूभी रुचाउने ग्राहकहरुलाई नयाँ सफारीले आकर्षित गर्ने कम्पनीले जनाएको छ ।
ए्डभेन्चर झलक आउने नयाँ सफारको नेपालमा विक्री सुरु गरेसँगै कम्पनीले ललितपूरको लविम महलमा टच प्वइन्टसमेत संचालनमा ल्याएको छ । सपिङ कम्प्लेक्समा स्थायी टचप्वइन्ट सुरु गर्ने सिप्रदी पहिलो कम्पनीसमेत बनेको छ । यसअघि यस्ता महलमा केही समयको लागि गाडी डिस्प्ले गर्ने चलन भएपनि टच प्वइन्ट नै भने खुलेको थिएन ।
नयाँ सफारीको नेपालमा विक्री सुरु भएको अवशरमा टाटा मोटर्स्का प्यासेन्जर भेहिकल इन्टरनेशनल विजनेसका प्रमूख मायांक बाल्डी भन्छन्, ‘नेपाली बजारमा प्रिमियम फ्लैगशिप एसयूभी वक्री सुरुगर्न पाउँदा अत्यन्त हर्षित भएका छौं । उत्कृष्ट डिजाइन, सुरक्षित र आरामदायी टाटा “फरेभर रेञ्जका” गाडीहरुको तीन आधार स्तम्भहरु हुन् र यी आधार स्तम्भहरु हाम्रो दृढ प्रतिवद्धताको उपज हो । ओमेगा आर्किटेक्चरमा तयार पारिएको यस गाडीको डिजाईन कार्य क्षमताको दृष्टिकोणले उत्कृष्ट छ । यसमा प्रख्यात जेएलआर (JLR) पेडिग्री जस्तो उच्च कोटीको प्राविधिक गुणहरुको प्रयोग गरिएको छ ।’
त्यसैगरी, सिप्रदी ट्रेडिङ्गका प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीले भने ‘नयाँ सफारीको आगमन टाटासँगको सिप्रदीको व्यापारिक साझेदारीमा एक अर्को कोशेढुंगा हो । नेपाली ग्राहकहरुको बदलिंदो आकांक्षा एवं जीवनशैलीसँग मेल खाने यस गाडीले नेपालमा एसयूभी प्रयोगलाई वृद्धि गर्ने हामीले आशा राखेका छौं । यस वर्षको चाडपर्व पूर्व नयाँ सफारी जस्तो उच्चतम विशेषता भएको “आइकोनिक” ब्राण्ड नेपाली ग्राहकवर्ग सामु प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित छौं ।’

ग्राहकले ललितपुरको लविम मलमा टाटाका गाडी “एक्स्पीरिएन्स जोनमा” पनि डिस्प्ले गरिनेछ । यस जोनमा टाटा मोटर्सका ग्राहकहरुले “प्रिभिलेज पार्किङ्ग” सुबिधा मात्र नभई आफुलाई मनपर्ने ताजा कफीको स्वादसँगै टाटाका सेवा र उत्पादनहरुबारे विस्तृत जानकारी दिइने कम्पनीले जनाएको छ ।
नयाँ सफारीमा २.० लिटरको टर्बो इन्जिन रहेको छ । सहर, एक्सप्रेस वे देखि विकट क्षेत्रका कच्ची सडकमा यसको पर्फमेन्स उत्कृष्ट हुने कम्पनीले दावी छ । २७४१ एमएमको ह्वीलवेस, म्याजिस्टिक प्यानोरोमिक सन् रुफ, यासवुड फिनिस्ड् ड्यासबोर्ड सहित ओइस्तर सेतो रंग भएको भित्री भाग र अत्याधुनिक ८.८ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट सिस्टम यसमा पाउन सकिन्छ ।
उत्कृष्ट सुरक्षाको लागि इएसपी र बोस मोड जस्ता विशेषताहरु पनि यस पाउन सकिन्छ । नयाँ सफारी द्रुत गतिमा विकास भइरहेको नेपाली अटोमोबाइल बजारको लागि अत्यन्त उपयोगी हुने सिप्रदीको दावी छ ।
निलो , सेतो र खरानी रंगमा पाइने यस एसयूभीको एक्सइदेखि एक्सजेटए+ सम्म ९ वटा भेरियन्ट उपलब्ध छन् ।

