मनाङ मर्स्याङदी क्लबसँग जाेडियाे टोयोटा

काठमाडौं । टोयोटाले मनाङ मर्स्याङदी क्लबलाई प्रयोजन गर्ने भएको छ । मुख्य प्रायोजकको रुपमा नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि (युटिएस) ले क्लबलाई दुई वर्षको लागि प्रायोजन बापत कुल २० लाख रुपैयाँ प्रदान गर्ने सार्वजनिक गर्दै  एक कार्यक्रमका बीच सम्झौँता गरेको हाे ।

युटिएसका अध्यक्ष सुरज वैद्य र एन्फाका अध्यक्ष कर्म द्धिरिङ्ग शेर्पा अतिथिका रुपमा उपमा उपस्थित रहेकाे उक्त कार्यक्रममा युटिएसका बिजनेस रिसर्च अनालिस्ट सुर्यान्स वैद्य र मनाङ मर्स्याङदी क्लबका महासचिव तेञ्जिङ गुरूङका बीच बिहिबार सम्झौँतापत्रमा हस्ताक्षर भएको हो ।

खेलकुद र अटोमोवाइल क्षेत्र देशकै ठूलो उद्यम भएको तथा यसमा सरकारको लगानी र चासोको पनि आवश्यकता रहेको कुरालाई प्रस्ट्याउन समेत यो प्रायोजनले निकै ठूलो भूमिका खेल्ने युटिएसका सुर्यान्स वैद्यले जनाए ।

टोयोटाले यस अघिपनि मनाङ्ग मर्शयाङदी क्लबलाई प्रायोजन गरेको थियो । सोही, साथलाई सुद्रिढ पार्दै फेरी पनि आगामी दुई वर्षको लागि यो सम्झौँता भएको जनाइएकाे छ ।


Back_to_top