नाडाले ट्राफिक प्रहरीले संचालन गरेको ‘नो हर्न’ कार्यक्रममा सहयोग गर्ने

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसियसन अफ नेपालले ट्राफिक प्रहरीसँग सहकार्य गरेर जनचेतना कार्यक्रममा सहयोग गर्ने भएको छ । आज विहिबार नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको नाडाको ६ सदसिय प्रतिनिधि मण्डलले महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईसँग भेटी ‘नो हर्न’ कार्यक्रममा सहयोग गर्ने जानकारी दिएको हो ।

नाडाले विगत देखिनै ट्राफिक प्रहरीसँग सहकार्य गर्दै आएको स्मरण गराउँदै अहिले पनि नयाँ तरिकाले मिलेर काम गर्न चाहेको जानकारी गराएको थियो । उक्त भेटमा नाडाका उपाध्यक्ष करण कुमार चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुपकुमार बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधानको उपस्थिति रहेको थियो ।


Back_to_top