सर्वाधिक कर तिर्ने कम्पनी बन्यो सिप्रदी, ब्यक्तिगत आयकर तिर्नेमा राणा

काठमाडौं । अटोमोवाइल ब्यवसाय गर्दै आएको कम्पनी सिप्रदी ट्रेडिङ प्रालिले व्यापार तर्फ सबैभन्दा बढी कर तिरेर सम्मानित भएको छ । सातौं राष्ट्रिय कर दिवसको असवरमा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा कम्पनीहरुलाई सरकारले सम्मान गरेको हो । 

सिप्रदीका तर्फबाट उक्त सम्मान प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले ग्रहण गरेका थिए । 

ब्यक्तिगत सर्वाधिक आयकर तिर्नेमा सिप्रदीका चेयरम्यान सिद्धार्थ राणा सम्मानित भएका छन् । यसअघि लगातार चार पटक सर्वाधिक आयकर बुझाउनेमा परेका उनि अहिले पाँचौ पटक लगातार सम्मानित भएका हुन् ।

सरकारले विभिन्न क्षेत्रबाट धेरै, र सयममानै कर तिर्ने १५ संस्था तथा व्यक्तिलाई सम्मान गरेको हो ।

कम्पनीतर्फ सबैभन्दा बढी आयकर तिर्नेमा सूर्य नेपाल, निर्यात उद्योगतर्फ सबैभन्दा धेरै कर तिर्ने डाबर नेपाल र उद्योगतर्फ हिमाल पावर कम्पनी सम्मानित भएका छन् । 

कृषि तथा व्यापारमा प्रो–बायोटेक प्रालि, बैंक तथा वित्तीय संस्थातर्फ नबिल बैंक, लघुवित्तमा छिमेक लघुवित्त र बीमा व्यवसायतर्फ नेपाल पूनर्बीमा कम्पनी लिमिटेड सम्मानित भएका छन् ।

स्वास्थ्य तथा शिक्षा तर्फ बिराटनगरको नोबेल मेडिकल कलेज, सूचना प्रविधितर्फ एफ वान सफ्ट इन्टरनेशनल र पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल सम्मानित भएका हुन् । 


Back_to_top