नेपाल आयो एबीएससहितको ’जिक्सर एसपी’, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । नेपालको लागि सुजुकी दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले नयाँ बाइक जिक्सर एसपी एबीएसलाई नेपाली बजारमा ल्याएको छ ।

पुरानो जिक्सरकै लुक्समा आएको जिक्सरलाई नयाँ थप कलर भेरिएन्टमा सार्वजनिक गरिएको छ । 

नयाँ एसपी एडिसन ब्ल्याक गोल्ड डिजाइनमा आएको छ भने डबल डिस्क ब्रेक र सिंगल च्यानल एबीएस दिइएको छ ।

१५४.९ सीसी सिंगल सिलिन्डर इन्जिनमा उपलब्ध रहेको छ, जसले १४.८ पीएस पावर र १४ एनएम टर्क जेनेरेट गर्छ । बाइकमा ५ स्पिड म्यानुअल गियरबक्स दिइएको छ ।

सिंगल च्यानल एबीएस भेरिएन्टको मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ रहेको छ ।


Back_to_top