अमेरिकन अटो कम्पनी टेस्ला मोटर्स आफ्नाे महंगो इलेक्ट्रिक कार र यसमा प्रयोग हुने हाईटेक टेक्नोलोजीले गर्दा सधैं चर्चामा अगाडी रहने गरेको छ । टेस्लाले ग्राहकको लागि धेरै यूनीक अफरहरु उपलब्ध गराएको छ जसले कम्पनीलाई अरु कम्पनी भन्दा फरक बनाउन मद्दत गरेको छ । सेल्फ ड्राइभिङ कार उत्पादन गर्ने पहिलो कम्पनी बनेको टेस्लाले अन्य धेरै कुराहरु अपडेट गरेको छ ।
१. अटो पाइलट अथवा सेल्फ डाइभिङ्ग कार बनाउने पहिलो कम्पनी टेस्ला हो । जसले सबैभन्दा पहिले सेल्फ डाइभिङ कन्सेप्ट सार्वजनिक गरेको थियो ।
२. व्याट्रीबाट चल्ने यो कारमा शक्तिशाली पावर छ । यसमा धुवाँ पनि आउँदैन भने गियर बदलिरहने झन्झट पनि हुँदैन ।
३. यसको इन्जिनको साइज नर्मल कारको तुलनामा १ तिहाइ भागकाे मात्र हुन्छ ।
४. टेस्लाको कारको एक्सीडेन्ट हुनासाथ यसको कस्टुमर केयरले थाहा पाउछ । कस्टुमर केयरको टिमले सहायताका लागि कस्टुमरलाई आफैं कल गर्छन् ।
५. टेस्लाको मोबाइल एपबाट नै सबै फंक्शन कन्ट्रोल गर्न सकिन्छ । जस्तो की, कार चड्नु अघि कारको तापक्रम सेट गर्नुपरेमा घरमै बसेर मोबाइल एपमार्फत सेट गर्न सकिन्छ ।
६. सुरक्षाका लागि टेस्लाले ध्यान केन्द्रित गरेको छ । कार चोरी भएको खन्डमा पनि मोबाइल एपमार्फत यसको लोकेशन पत्ता लगाउन सकिन्छ ।
७. टेस्लाले आफो कारमा समयसमयमा सफ्टवेयर अपडेट गर्छ । कम्पनीले सफ्टवेयरको अपडेट गर्नेबितिक्कै कारको सफ्टवेयर अटोमेटिक अपडेट हुन्छ । कारमा रहेको ठूलो स्क्रिनमा सबै जानकारी मिल्नेछ । जस्तो कि, कारको चार्जिङ स्टेशन कहाँ कहाँ छ ? सबैभन्दा नजिक कुन चार्जिङ स्टेशन छ ? यसको नेभिगेसन सिस्टमको धेरै स्ट्रंग छ, जसले रोड ट्राफिकबारे सबै जानकारी दिनेछ ।
८. टेस्लाको कारमा चाजिङ टाइमको सेट गर्ने सुविधा पनि रहेको छ । यसमा सुविधाअनुसार टाइम सेट गर्न सकिन्छ । इन्टरटेन्मेन्टका लागि यसमा प्रिमियम इन्टरनेट च्यानलको सुबिधा रहेको छ ।
९. कारको बिक्रि पछिको सेवा पनि भिन्दै प्रकारको रहेको छ । उदाहरणको लागि कारमा केही समस्या आएमा सर्भिस सेन्टरमा गइरहनु पर्दैन । टेस्लाको रेन्जर सर्भिसको टिम घरमै आएर कार लिएर जान्छ र नियमीत प्रयोगका लागि अर्को कार छोडेर जान्छ ।
१०. टेस्लाको कस्टुमर सर्भिस पनि भिन्नै रहेको छ । हिमपात हुने क्षेत्रमा रहने कस्टुमरको लागि एक विशेष सुविधा प्रदान गरेको छ । हिउमा चलाउन कम्पनीले विशेष टायर बनाएको छ जसलाई कम्पनी फ्रिमा कस्टुमरको घरमा नै आएर बदल्दीन्छ ।
११. अक्सर इलेक्ट्रिक कारको स्पिड कम हुन्छ तर टेस्ला कारको स्पिड भने धेरै रहेको छ । टेस्लाका कारहरुले ३.७ सेकेन्डमा ० बाट १०० किलोमिटर प्रति घण्टाकोे स्पिड लिन सक्छ । अझ टेस्लाको मोडल एसले जम्मा २.८ सेकेन्डमा ० बाट १०० किलोमिटर प्रति घण्टाको स्पिड लिन सक्छ ।
१२. टेस्लाको कारको आफ्नै चार्जिङ स्टेशनहरु रहेको छ । जहाँ टेस्लाको कारको निशुःल्क चार्ज गर्न सकिन्छ । यसले ४० मिनेटमा ८० प्रतिशत र ७५ मिनेटमा १०० प्रतिशत चार्ज गर्छ ।
१३. टेस्लाको कारको माइलेज पनि धेरै रहेको छ । यसले एक पटकको फुल चार्जले ३५० देखि ४५० किलोमिटर दुरी पार गर्न सक्छ ।
१४. टेस्लाको कारको बडि एकदमै मजबुद रहेको छ । टेस्ला कारको क्रयास टेष्ट गर्दा टेष्ट मेसिन नै भाचिएको थियो ।
१५. टेस्ला कारको सबैभन्दा अनौठो कुरा योहो कि यसको ढोका खोल्नका लागी साँचोको आवश्यक्ता पर्दैन । कारको नजिक चालक पुग्ना साथ ढोका अटोमेटिक खुल्छ ।


