दिगोको नयाँ अनुभब दिने ‘इ-स्टप’ संचालनमा

काठमाडौं । सिन्धुलीको मुलकोटमा दिगो ग्रुपले आफ्नो पहिलो ‘दिगो इ-स्टप’ स्थापना गरेको छ । कम्पनीले रेष्टुरेन्ट सुविधा सहितको चार्जिङ स्टेशन निर्माण गरेको हो ।

ग्राहकको माग र अहिलेको आवश्यकता अनुसार ‘दिगो इ-स्टप’ निर्माण गरेर संचालनमा ल्याएको कम्पनीले जनाएको छ । यसले यात्रुहरुको ईभी प्रयोग गर्दा फरक अनुभव गर्न पाउने कम्पनीको दावी छ ।

यहाँ विद्युतीय सवारीसाधनहरु चार्जिङ सुविधा, पारिवारीक रेष्टुरेन्ट, सफा सौचालय र उच्च गतिको इन्टरनेट सुविधा रहेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यी सुविधा निजी र सार्वजनिक यातायात दुबैको लागि उपलब्ध रहेको छ ।

यसको आधिकारीक सुभारम्भ गर्दै दिगो ग्रुपका अध्यक्ष राजन रायमाझीले देशभर यस्ता इ-स्टप निर्माण गर्ने योजना सुनाए ।


Back_to_top