थर्ड जेनेरेशन डस्टर इलेक्ट्रीकमा पनि आउने

काठमाडौं । फ्रेन्च कम्पनी रेनोले थर्ड जेनेरेशन डस्टरको तयारी गरिरहेको छ । कम्पनीले थर्ड जेनेरेशन डस्टर कम्बस्चन सहित इलेक्ट्रीक भर्सनमा पनि ल्याउने रिपोर्टहरु सार्वजनिक भएका छन् ।

रेनो डस्टर विश्व बजारमा सबैभन्दा कम मूल्यको फोर ह्वील ड्राइभ सिस्टममा उपलब्ध एसयूभी हो । भारतमा लगायतका केही देशमा डस्टर र यूरोपियन बजारमा डिका नामबाट यसको विक्री वितरण हुँदै आएको छ ।

रेनो-निसान एलायन्सले तयार गरेको सिएमएफ-बी आर्किटेक्चरमा बन्ने डस्टरको लागि कम्पनीले सिएमएफ-बीइभी प्लेटफर्मम उत्पादन हुनेछ । इलेक्ट्रीक र कम्बस्चनको अधिकांश फिचर एउटै हुनेछन् भने, ह्वीलवेस पनि समान रहने छ ।

यसमा कति पावरको मोटर र व्याट्री दिन लागेको छ भन्ने विषयमा कुनै जानकारी प्राप्त भएको छैन ।


Back_to_top