यामाहा एमटी १५ बीएस ६ भर्सन सार्वजनिक हुनु अघि नै सोल्ड आउट

काठमाडौं । यामाहाको बहुप्रतिक्षित मोटरसाइकल यामाहा एमटी १५को बीएस ६ भर्सन सार्वजनिक हुनु अघि नै सोल्ड आउट भएको छ । कम्पनीले आज बेलुका ५ बजे सार्वजनिक गर्ने तयारी गरेको मोटरसाइकल सार्वजनिक हुनु अघि नै सोल्ड आउट भएको हो ।

कम्पनीले २ दिन अघि मात्र यसको बुकिङ खुल्ला गरेको थियो । कम्पनीले पहिलो चरणमा नेपाल भित्रिएको करिव ३ सय यूनिट मोटरसाइकल सोल्ड आउट भएको जनाएको छ ।

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी एमएडब्ल्यु नेपालले काठमाडौंको भृकुटीमण्डपमा आायोजना गरेको महा एक्सचेन्ज मेलामा एमटी १५ बीएस ६ सार्वजनिक गर्दैछ ।

कम्पनीका सिइओ राजु क्षेत्रिका अनुसार ग्राहकको एमटी १५ को बीएस ६ भर्सन किन्न चाहाने ग्राहकले केही समय कुर्नु पर्नेछ । उनका अनुसार अब बीएस ६ भर्सन एमटी १५ दशैंपछि मात्र उपलब्ध हुनेछ ।

कम्पनीले बीएस ६ भर्सनको मूल्य ४ लाख ४९ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ । नयाँ दुई कलर अप्सनमा नेपाली बजारमा यामाहा एमटी १५ बीएस ६ भर्सन उपलब्ध हुनेछ ।


Back_to_top