काठमाडौं । टाटा मोर्टसले पछिल्ला दिनमा एक पछि अर्को नयाँ कार ल्याएर बजारमा आफ्नो बर्चश्व बढाउन लागि परेको छ । यसको फाइदापनि कम्पनीलाई भइरहेको छ ।
टाटा प्यासेन्जर कारमा पनि भारतीय बजारमा चौथो स्थानमा आइसकेको छ । अघिल्लो आर्थिक बर्षमा छैटौ स्थानमा रहेको कम्पनी गतबर्ष ४ स्थानमा आएको भारतीय अटोमोवाईल म्यानुफ्याक्र्चर एसोसिएसनले जनाएको छ ।
यस्तोमा निकै उत्साहित टाटाले आफ्नो नयाँ आउँदै गरेको ह्याचब्याक कार ‘टियागो जेटीपी’को टेष्टिङ गरिरहेका तस्बिरहरु सार्वजनिक भएका छन् । यो पहिलो पटक भने होइन सडकमा यस कारको परिक्षण क्रममा यसअघि कयौं पटक भएको भेटिएको थियो ।
यसपटक कारमा लगाइएका धेरै स्टिकरहरु हटाइएका छन् । यो कार टाटा टियागो स्टायडर्डको स्पोर्टी ह्याचब्याक मोडल हो । यसलाई कम्पनीले २०१८ दिल्ली अटो शोमा आफ्नो स्टलमा प्रदर्शन गरेको थियो । यसमा कम्पनीले बाहिरी आवरणमा निकै ठुलो परिर्वतन गरेको छ । यस कारमा स्पोर्टी फ्रन्ट बम्पर दिइएको छ भने फगल्याम्पमा निकै परिर्वतन गरिएको छ ।
कारको हेडल्याम्पमा समेत निकै ठुलो परिर्वतन देख्न सकिन्छ भने स्पोर्टी अलोह्वीलले कारलाई पूर्णत स्पोर्टीलुक्स दिन सफल भएको छ । साथै, ब्ल्याक रियर स्पोइलर, परिर्वर्तित टेलल्याम्प, स्पोर्टी रियर बम्पर, रियर डिफ्युजर तथा डुवल क्रोम जस्ता फिचरले कारलाई आर्कषक बनाएको छ । १.२ लिटर टर्बोचाज्र्ड ३ सिलिन्डर पेट्रोल इन्जिन दिइएको यस कार ५ स्पिड मेनियुल गियरमा उपलब्ध हुने छ ।
यसको इन्जिनले १०८ बीएचपी र १५० एनएम टर्क उत्पादन गर्ने क्षमता राख्छ । यसमा प्रयोग भएको इन्जिन टाटाको नेक्सनबाट लिइएको हो ।