काठमाडौं । टाटा मोटर्सले टिगोर बज् भारतिय बजारमा सार्बजनिक गरेको छ ।
भारतिय बजारमा यसको पेट्रोल भर्सनको सुरुवाति मूल्य ५ लाख ६८ हजार र डिजेल भर्सनको मूल्य ६ लाख ५७ हजार भारु रहेको कम्पनिले जनाएको छ ।
टिगोर बज् लिमिटेड इडिसन पेट्रोल तथा डिजेल दुवै इन्जिनमा उपलब्ध हुने छ । पेट्रोल इन्जिन १.२ लिटरको हुनेछ, जसले ८४ बीएचपी पावर र ११४ एनएम टर्क दिन्छ ।
यो कार पेट्रोल भर्सनमा भने मल्टी ड्राइभ मोड जस्तैं इको र सिटीमा उपलब्ध हुने छ । त्यस्तै डिजेल इन्जिन १.०५ रिभोटर्क युनिट छ जसले ६९ बीएचपी पावर र १४० एनएम टर्क दिन्छ । दुवै इन्जिनमा ५ स्पिड म्यानुअल गियर बक्स रहेको छ ।
टाटा मोटर्सले बजारमा ल्याएको कम्प्याक्ट सेडान सेगमेन्टमा यो तेस्रो संस्करण हो । यसको डिजाइनका कारण यो कार उपभोक्तामाझ निक्कै लोकप्रिय रहेको छ ।