काठमाडौं । टेस्ला मोर्टसको उत्पादनलाई टक्कर दिन पोर्स कम्पनीले आफ्नो पहिलो इलेक्ट्रिक कार टाइकनको निर्माण गर्न सुरु गरेको छ ।
कम्पनीले २०२२ सम्ममा इलेक्ट्रिक कार उत्पादनको लागि ६ बिलियन युरो लगानी गर्ने घोषणा गरेको छ । कम्पनीले टाइकन मोडलको विकासको लागि ५०० मिलियन लगानी गर्ने जनाएको छ ।
यो कारमा नयाँ मोडलको मेट्रिक्स एलइडी हेडलाइट र टिपीकल मोडलका ४ पाइप लाइड डिजाइन राखिएको छ । यसको बडी आल्म्युनियम, स्टील र कार्बन फाइबर पोलीमरको मिश्रणबाट बन्नेछ । यसको टायरको फ्रन्टमा २१ इन्च तथा रियरमा २२ इन्च ह्वील दिइने छ ।
टाइकनमा दुइवटा सिन्क्रोनेश मोटर लगाइएको छ । यसले, ६०० विएचपी पावर उत्पादन गर्छ । यसले, ३.५ सेकेन्डमा १०० प्रतिघन्टा र १२ सेकेन्डमा प्रतिघन्टा २०० किलोमिटरका दरले स्पिड पकड्ने छ ।
एक पटकको फुल चार्जपश्चात् यो कारले ५०० किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । यसले टेस्लाको मोडल एस १०० डीसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।