काठमाडौं । नेपाली बजारमा सस्तोमूल्यका बाइकमा पनि एबीएस फिचर भएका बाइकहरु उपलब्ध रहेका छन् । बिशेष गरि होन्डा, टिभीएस र सुजुकीले ल्याएका सस्तो मूल्यका बाइकमा एबिएस दिइएको छ ।
मोटरसाइकलमा एन्टी लक ब्रेकिङ सिस्टम अर्थात् एबीएस त्यस्तो सुरक्षिा फिचर हो, जसले इमजेन्सि ब्रेक लगाउँदा पाङ्ग्राहरू पूर्ण लक गराउँछ र मोटरसाइकल रोक्न सहयोग पुर्याउँछ ।
२०१८ को अप्रिलपछि उत्पादन भएका सबै मोटरसाइकलमा एबीएस अनिवार्य गर्ने भारतीय सकारको निर्णय पछि अब बन्ने बाइकहरुमा एबिएस अनिर्वाय आउने छ । यसअघि भने एसीएस सिस्टम महंगो मोटरसाइकलमा मात्र सीमित हुने गरेको थियो । अब भने १२५ सीसीभन्दा माथिका मध्यम रेञ्जका मोटरसाइकलमा पनि अनिवार्य एबीएस विशेषता राखिन सुरु भएको छ ।
होन्डा सीबी हर्नेट १६० आर
जापानी मोटरसाइकल उत्पादन कम्पनी होन्डाले बजारमा होन्डा सीबी हर्नेट १६० आर ल्याएको छ । यो सेगमेन्टमा होन्डाको हर्नेट स्पोर्टी मोटरसाइकल हो । होन्डा हर्नेटमा सिंगल च्यानल एबीएस रहेको छ । हर्नेट मोटरसाइकल निक्कै कम्फर्टेवल रहेको कम्पनीको भनाई छ ।
१ सय ६२.७ सीसी इञ्जिन क्षमता भएको हर्नेटले १५.७ एचपीको पावर र १४.५ एनएम टर्क दिन्छ । हर्नेटको नेपाली बजारमा २ लाख ६७ हजार ९०० रुपैयाँ मूल्य रहेको छ । होन्डा मोटरसाइकल नेपालमा स्याकार ट्रेडिङ कम्पनीले उपलब्ध गराउँदै आएको छ ।
टीभीएस अपाचे आरटीआर १८०
टीभीएसको अपाचे आरटीआर १८० मा भने ड्यूल च्यानल एबीएस रहेको छ । ड्यूल च्यानल एबीएस भएको मोटरसाइकलमा भने अपाचे १८० सबैभन्दा सस्तो मोटरसाइकल हुन आउँछ ।
यो मोटरसाइकलमा १७७.४ सीसी इञ्जिन क्षमता रहेको छ, जसले १६.६२ एचपी पावर र १५.५ एनएम टर्क दिन्छ । अपाचे १८० मा ड्यूल सक एब्जर्भरसमेत रहेको छ । यो मोटरसाइल नेपालमा पनि एबीएसमै आउनेछ । यसको मूल्य २ लाख ५१ हजार ९०० रुपैयाँ रहेको छ । जगदम्बा मोटर्सले नेपाली बजारमा टीभीएसका मोटरसाइकल ल्याउँदैआएको छ ।
सुजुकी जिक्सर
सुजुकी मोटरसाइकलले हालै सिंगल च्यानल एबीएस आफ्नो चर्चित मोटरसाइकल जिक्सरमा राखेको छ । भारतमा एबीएस फिचर भएको सबैभन्दा सस्तो मोटरसाइक सुजुकी जिक्सर बनेको छ ।
यो मोटरसाइकलमा एबीएसबाहेकका अन्य विशेषता भने थपिएको छैन । १ सय ५५ सीसी एयर कुल्ड सिंगल सिलिन्डर मोटरसाइकल हो, सुजुकी जिक्सर । यो मोटरसाइकलले १४.६ बीपीएच पावर र १४ एनएम टर्क दिन्छ ।
सुजुकी जिक्सर मोटरसाइकल नेपाली बजारमा समेत उपलब्ध रहेको छ । भारतमा एबीएस सिस्टममा उत्पादन हुन थालेको यो मोटरसाइकल अब नेपाल आउँदा उक्त विशेषतासहित आउने छ । नेपालमा जिक्सरको मूल्य २ लाख ७६ हजार ९०० रुपैयाँ हाराहारीमा पर्ने अनुमान गरिएको छ ।