मासिक २७ हजार किस्तामा उत्कृष्ट इलेक्ट्रीक कार

काठमाडौं । विद्युतीय गाडी मासिक २७ हजार किस्ता तिर्नेगरी किन्दा पेट्रोलमा खर्च हुने रकममा केही थप गर्दा नै किस्ता तिर्न पुग्छ । तर, बजारमा राम्रा ब्राण्डले ल्याएका गाडी ४० लाखभन्दा कम मूल्यमा पाउनै मुस्किल पर्छ ।

टाटाले नेपालमा विक्री सुरु गरेको इलेक्ट्रीक कम्प्याक्ट सेडान टिगोर भने ब्राण्डसँगै नेपाली सडकमा राम्रो संख्यामा उपलब्ध कार हो । यसको पेट्रोल भर्सन कम्प्याक्ट सेडान सेग्मेन्टको लिडर नै हो । यस्तोमा टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले विक्री सुरु गरेको टिगोर इभी अहिले चर्चामा रहेको मोडल बनेको छ ।

यो मोडल किन्ने ग्राहकले बिभिन्न ४ भेरियन्टमा आफ्नो अनुकुल छनोट गर्न सक्ने छन् । टिगोर इभीको एक्सई भेरियन्टको मूल्य २९ लाख ९९ हजार, एक्सएम भेरियन्टको मूल्य ३१ लाख ४९ हजार, एक्सजेड प्लस भेरियन्टको ३२ लाख ९९ हजार र एक्सजेड प्लस ड्यूलटोन भेरियन्टको ३३ लाख ४९ हजार रुपैयाँ तोकेर विक्री गर्दै आएको छ ।

टिगोर ईभीको एक्सई भेरियन्ट किन्ने ग्राहकले अहिलेको ब्याजदर करिब १३ प्रतिशतसम्ममा कर्जा पाउन सक्ने अवस्था छ । यदी कम्बस्चनको जस्तै तपाई ५० प्रतिशत डाउन पेमेन्ट बुझाएर टिगोर इभी किन्नु हुन्छ भने ७ वर्षसम्म मासिक २७ हजार २९० रुपैयाँ हाराहारी मात्रै किस्ता तिर्दा पुग्छ ।

होइन, म २० प्रतिशत मात्रै डाउन पेमेन्ट गरेर टिगोर इभी किन्छु भन्नुभयो भने तपाईले ५ लाख ९९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट र मासिक ४३ हजार ६५० रुपैयाँ किस्ता वापत ७ वर्षसम्म तिर्नु पर्ने हुन्छ । अब सुरुमा डाउन पेमेन्ट धेरै तिरेर मासिक किस्ता वापत कम रकम तिर्ने वा थोरै डाउन पेमेन्ट तिरेर धेरै मासिक किस्ता तिर्ने त्यो ग्राहककै छनोट हुनेछ ।

यस्तो छ टिगोर इभी

निकै सुरक्षित मानिएको टिगोर इभीले ग्लोबल एनक्याप क्र्यास टेष्टमा फोर स्टार रेटिङ पाएको छ । यो कम्प्याक्ट सेडान कारमा २६ किलोवाट आवरको लिथियम आयोन व्याट्री र ५५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ ।

यसमा रहेको ब्याट्रीलाई २५ किलोवाटको डिसी चार्जरबाट चार्ज गर्दा ६५ मिनेटमा ८० प्रतिशतले चार्ज हुन्छ । टिगोर इभीमा ड्राइभ र स्पोर्ट गरी दुई ड्राइभिङ मोड उपलब्ध रहेको छ ।

धेरैले इभीमा रहने ग्राउन्ड क्लियरेन्सलाई महत्व दिने गरेका छन् । सेडान कार भएरपनि यसमा ग्राहकले १७२ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सक्नेछन् ।

यसमा ७ इन्चको हर्मन इन्फोटेनमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजिटल एलसीडी क्लष्टर, अटो एसी, सिट उचाई मिलाउन मिल्ने ड्राइभर सिट लगायतका विशेषता रहेका छन् ।

त्यस्तै, गाडीमा स्मार्ट की पुस–बटन स्टार्ट, पोर्टेबल चार्जिङ केबल पनि पाउन सकिन्छ । चालक र यात्रु सहजताको लागि टिगोरमा ३० भन्दा बढी कनेक्टिभिटीका विशेषताहरू छन् । जसमध्ये रिमोट कमान्ड र रिमोट डाइगोनिस्टिक पनि पर्छन् ।


Back_to_top