काठमाडौं । अहिले चल्तीमा रहेको स्कर्पियोलाई महिन्द्रा एण्ड महिन्द्राले स्कर्पियो क्लासिक भन्न थालेको छ । कम्पनीले यसअघि प्रयोग गरेको महिन्द्राको लोगो, फ्रन्ट ग्रिल र अन्य फिचर थप गरेर स्कर्पियो क्लासिक अगस्ट १२ मा भारतबाट विक्री सुरु गर्न लागेको हो ।
महिन्द्रा स्कर्पियो नेपालमा पनि निकै राम्रो विक्री वितरण हुँदै आएको मोडल हो । हिमाल, पहाड र तराई सबै क्षेत्रमा रुचाईएको स्कर्पियो क्लासिक मोडल सात र ९ सिट क्षमतामा उपलब्ध हुनेछ ।
अगाडि स्कर्पियो एन र एक्सयूी ७०० को जस्तै क्लासिक मोडलमा पनि भर्टिकल ग्रिल सल्र्ट र बीचमा महिन्द्राको टुईन पीक लोगो प्रयोग भएको छ । अगाडि र पछाडि नै प्रयोग भएको स्कीड प्लेट, १७ इन्चको दुई कलरमा सजिएको अलोय ह्वील, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, पियानो व्ल्याक ड्यासबोर्डमा दिइएको उडन फिनिस सहितको सेन्टर कन्सोल यसमा पाउन सकिन्छ ।
महिन्द्राले स्कर्पियो क्लासिकमा २.२ लिटर फोर सिलिण्डर डिजेल इन्जिन दिएको छ । यो इन्जिनले १४० हर्स पावर प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स रहने छ ।

