एड्भेन्चर मोटरसाइकल किन्ने हो ? यस्तो छ ५ मोटरसाइकलको मूल्य र बिशेषता

काठमाडौं । नेपाली बजारमा पछिल्लो समय एड्भेन्चर मोटरसाइकलको उपलब्धता बढ्दै गएको छ । पछिल्लो समय केटीएमले मात्र दुई नयाँ एड्भेन्चर मोटरसाइकल नेपाल भित्र्याएको हो ।

केटीएम एड्भेन्चर २५०, एड्भेन्चर ३९०, रोयल इन्फिल्ड हिमालयन, बेनेली टीआरके २५० र बिएमडब्ल्यु जि ३१० जिएस नेपालमा उपलब्ध रहेको एड्भेन्चर मोटरसाइकल रहेको छन् । यी मध्य केटीएम एड्भेन्चर २५० नेपाली बजारमा नयाँ मोटरसाइकल रहेको छ भने अन्य मोटरसाइकल नपाली बजार परिचित मोटरसाइकल रहेको छ ।

यस अघि होन्डा, रोयल इन्फिल्ड, बीएमडब्ल्यु, बेनेली जस्ता कम्पनीले एड्भेन्चर मोटरसाइकल विक्री गर्दै आइरहेको छ । यसँसगै नेपालमा उपलब्ध उत्कृष्ट ५ एड्भेन्चर मोटरसाइकलको बारेमा आज हामि चर्चा गर्दै  छाै ।

१. बेनेली टिआरके २५०

यसमा कम्पनीले २४९.२ सीसी क्षमताको सिंगल सिलिण्डर लिक्वीड कुल्ड, एफआई इन्जिन दिएको छ । उक्त इन्जिनले ९५०० आरपीएममा अधिकतम २५ पीएस पावर र ७५०० आरपीएममा २१ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड गियरबक्स दिइएको छ ।

सुरक्षाको लागि दुबै चक्कामा डिस्क ब्रेक दिइएको यो मोटरसाइकलमा डबल च्यानल एबीएस उपलब्ध रहेको छ ।
यसमा अपसाइड डाउन फर्क, ठूलो डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, २०० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स र १७ लिटर क्षमताको ठूलो इन्धन ट्याङ्की दिएको छ ।

केटिएम इन्टरनेशनल ट्रेडिङले यसलाई नेपाली बजारमा ६ लाख ३० हजार रुपैयाँ निर्धारण गरेर बिक्री गर्दै आएको छ ।

२. केटीएस एड्भेन्चर २५०

केटीएम २५० एड्भेञ्चरमा २४९ सीसी सिगंल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९००० आरपीएममा २९.६ पीएस पावर तथा ७००० हजार आरपीएममा २४ एनएम टर्क जनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

कम्पनीले यसलाई ३९० एड्भेञ्चरबाट प्रेरित डिजाइनमा निर्माण गरेको छ । केटीएम २५० मा ३९० एड्भेन्चरबाट स्टील ट्रेल फ्रेम, ४३ एमएम डब्ल्यूपी एपेक्स इन्र्भटेड सस्पेन्सन, मोनोशक, ३२० एमएम फ्रन्ट र २३० एमएम रियर डिस्क, ह्वील, फ्यूल ट्याङक, अफरोड एबीएस जस्ता फिचर ३९० एड्भेन्चबाट लिएको छ ।

यसको मूल्य ७ लाख ५० हजार रुपैयाँ रहेको छ ।

३. रोयल इन्फिल्ड हिमालयन

हिमालयनमा ४११ सीसी क्षमताको एयरकुल्ड एसओएचसी एफआई इन्जिन रहेको छ । ५ स्पीडको गियरबक्स रहेको यो इन्जिनले २४ पीएस पावर तथा ३२ एनएम टर्क जेनेरेट गर्छ ।

रोयल इन्फिल्ड हिमालयनको फ्रन्टमा ४१ एमएमको परम्परागत टेलिस्कोप फर्क र रियरमा मोनोसक रहेको छ । यसको फ्रन्टमा ३०० एमएमको डिस्क र रियरमा २४० एमएमको डिस्क ब्रेकका साथै डबल च्यानल एबीएस सुविधा पाउन सकिन्छ । रोयल इन्फिल्ड हिमालयनको बीएस ४ भर्सन नेपालमा हाल सोल्ड आउट भएको छ भने नयाँ मोटरसाइकल ल्याउने तयारीमा कम्पनी रहेको छ ।

यसको हालको मूल्य ८ लाख ९८ हजार रुपैयाँ रहेको थियो ।

४. केटीएम एड्भेन्चर ३९०

३९० एड्भेन्चर डाकर र्याली विजेता केटीएम ४५० ¥यालीबाट प्रेरित छ । ३९० एड्भेन्चरमा लाइटवेट ट्रलिस् फ्रेम चेसिस्, १७० एमएको डब्ल्यूपीको लङ्ग ट्राभल सस्पेन्शन रहेको छ । यसमा प्रिमियमको अनरोड तथा अफरोड दुवैमा सुहाउँदो मेटजेलरको नोबी टायर रहेको छ ।

त्यस्तै यसमा २०० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, लङ्ग व्हीलवेस, विस्तारित विन्डसिल्ड र इन्जिनको लागि सुरक्षित बेस प्लेट छ ।

यसमा सुपर बाइकहरुमा हुने फिचरहरु जस्तै, ट्राक्याक्सन कन्ट्रोल, कर्नेरिङ एबीएस, क्वीकशिफ्टर रहेको छ । साथै, टर्न-बाइ-टर्न न्याभिगेशनको लागि स्मार्टफोन कनेक्टीभिटी र फूल-कलर टीएफटी डिस्प्लेको प्रयोगले यसलाई प्रिमियम बनाएको छ ।

यस मोटरसाइकलमा ३७३ सीसी अत्याधुनिक डिओएचसी सिंगल सिलिन्डर, इएफआई इन्जिन रहेको छ । यसमा रहेको राइड बाई वायर जस्ता ईलेक्ट्रोनिक्सले ४३ बीएच पावर तथा ३७ एनएम टर्क जेनेरेट गर्छ ।

३९० एड्भेञ्चरको मूल्य ९ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।

५. बिएमडब्ल्यु जि ३१० जिएस

डभेन्चर टुरर बाइक बीएमडब्ल्यू जी-३१० जीएसमा ३१३ सीसी, सिङ्गल सिलिन्डर, लिक्विड-कूल, फ्यूल इन्जेक्सन इञ्जिनले ३४ बीएच पावर र २८ एनएम–टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलमा सिक्स-स्पीड गियरबक्स जडान गरिएको छ । उक्त एड्भेञ्चर मोडलले राम्रो पफर्मेन्ससमेत देखाइरहेको छ । जी-३१० जीएसको अधिकतम् स्पीड क्षमता १४३ किलोमिटर प्रतिघन्टा रहेको छ ।

जी-३१० जीएसमा फोर–पिस्टन क्यालिपर–३०० एमएम फ्रन्ट–डिस्कब्रेक र पछाडि सिङ्गल पिस्टन क्यालिपर–२४० एमएम डिस्कब्रेक रहेको छ । कम्पनीले यसमा ड्यूल च्यानल एबीएस सिस्टमसहितको स्ट्यान्डर्ड प्याकेज दिएको छ । जी-३१० जीएसको अगाडि भागमा ४१ एमएम अपसाइड डाउन-फर्क दिइएको छ भने पछाडि भागमा १८० एमएम प्रि-लोडेड एड्जस्टेवल मोनोशक राखिएको छ ।

रातो र कालो रंगको बिएमडब्ल्यू जी-३१० जीएसको मूल्य १० लाख ९० हजार रुपैयाँ निर्धारण गरेको छ । सेतो रंगमा उपलब्ध सोही मोडलको मूल्य ११ लाख १५ हजार रुपैयाँ तोकिएको छ ।


Back_to_top