५० हजार डलरभन्दा माथिको गाडी आयातमा भएको प्रतिवन्ध फुकुवा

काठमाडौं । कोभिड १९ को कारण लक डाउन गर्नु परेसँगै सरकारले केहि बस्तुको आयातमा प्रतिवन्ध लगाएको थियो । प्रतिवन्धको क्रममा ५० हजार डलरभन्दा महंगो मूल्यको सवारी साधन आयातमा गरेको प्रतिवन्ध फुकुवा गरेको हो ।

सरकारले राजपत्रमा प्रकाशनगरि ५० हजार डलर माथिको मोटर अयातमा लगाइएको प्रतिवन्धलाई पूर्ण रुपमा फुकुवा गरेको हो । सरकारले एक वर्षपछि उक्त बन्देज हटाएको हो ।

राजपत्रमा अमेरिकी डलर ५० हजारभन्दा माथिका सवारी साधन आयातमा लगाइएको पूर्ण बन्देजलाई हटाइएको भन्ने उल्लेख गरिएको छ ।

सरकारको ५० हजार डलरको सिमाका कारण मर्सिडिज, ल्याण्डरोभर, बीएमडब्ल्यू, टोयोटा लगायतका ब्राण्डले केहि मोडल नेपाल ल्याउन पाएका थिएनन् ।


Back_to_top