यी हुन् २०१८ का शक्तिशाली १० क्रसओभर र एसयूभी

काठमाडौं । संसारभर नै एसयूभी तथा क्रसओभर सवारीको माग बढ्दै गइरहेको छ । त्यहीअनुरुप कम्पनीहरूले एसयूभी तथा क्रसओभर सवारी उत्पादनलाई प्राथमिकता दिइरहेका छन् । 

यसैबीचमा हामीले यहाँ पाँच सय ५० वा त्योभन्दा बढी हर्सपावर शक्ति उत्पादन गर्ने क्रसओभर तथा एसयूभीका बारेमा चर्चा गर्दैछौँ ।

१०. बीएमडब्लू एक्स-५ एम/एक्स-६ एम


जर्मन सवारी उत्पादक बीएमडब्लूले उच्च क्षमताको क्रसओभर तथा एसयूभी बजारमा ल्याएको छ । कम्पनीले बजारमा आफ्नो उपस्थिति बलियो बनाउन यस्तो कार उत्पादन गरेको हो । 

कम्पनीले एक्स–५ तथा एक्स–६ लाई निक्कै आकर्षकसमेत बनाएको छ । यो कारमा ४.४ लिटर एम ट्वीनपावर टर्बो भी–८ इञ्जिन रहेको छ । जसले पाँच सय ६७ हर्सपावर र पाँच सय ५३ पोन्ड–फिटको टर्क दिन्छ ।

९. रोल्स रोय कुलिनान


बेलायती विलाशी सवारी उत्पादक कम्पनी रोल्स रोयस पछिल्लो समय एसयूभी सवारी उत्पादनमा केन्द्रित भएको देखिन्छ । रोल्स रोयसका एसयूभी महंगा कारको सूचीमा पर्छन् । 

रोल्स रोयस कुलिनानमा ६.७५ लिटर ट्वीन टर्बो भी–१२ इञ्जिन रहेको छ, जसले पाँच सय ७० एचपी र ६ सय २७ एलबी–एटी टर्क दिन्छ । त्यस्तै, कुलिनानमा रोल्स रोयसले क्याबिनको विलाशितालाई प्राथमिकता दिएको जनाएको छ ।

८. रेञ्ज रोभर स्पोर्ट एसभीआर


जागुअर ल्यान्डरोभरको विशेष सवारी उत्पादन डिभिजनले ब्रिटिश सवारीको विस्तारमा जोड दिएको छ । ल्यान्डरोभर स्पोर्टस्मा एसआरभी विशेषतासहित यो कारमा ५.० लिटर सुपरचार्जर्ड भी–८ इञ्जिन प्रयोग गरिएको छ । यो इञ्जिनले पाँच सय ७५ एचपीमा पाँच सय १६ एलबी–एटी टर्क दिन्छ ।

७. मर्सिडिज-एएमजी जीएलई-६३ एस/जीएलएस-६३


मर्सिडिजको एएमजी सिरिजमा ५.५ लिटर बिटुर्बो भी–८ इञ्जिन प्रयोग गरिएको छ । यी दुबै कारले पाँच सय ७७ एचपी र पाँच सय ६१ एलबी–एफटी टर्क दिन्छ । मर्सिडिजका यी कार निक्कै चर्चित रहेको छन् ।

६. मासराती लेभान्टे ट्रोफेओ


मासराती कम्पनी इटालीयन कार उत्पादन फियाट क्रिस्टलर अटोमोबाइलको भगिनी कम्पनी हो । मासरातीले लेभान्टेको ट्रोफेओ मोडल सार्वजनिक गरेको छ । यो गाडीमा ३.८ लिटर ट्वीन टर्बो भी–८ इञ्जिन प्रयोग गरिएको छ । 

यसले पाँच सय ९० एचपी र पाँच सय ३८ एलबी–एफटी टर्क दिन्छ । यो कारले कम्पनीको बिक्री वृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताइएको छ ।

५. बेन्टले बेन्टेगा


बेन्टलेले २०१५ मा बेन्टलेगा सार्वजनिक गर्दा कम्पनीले यति धेरै शक्तिशाली कार ल्याएको भन्ने चर्चा चलेको थियो । यो कार उक्त समयमा सबैभन्दा शक्तिशाली, छिटो कुद्ने र महंगो एसयूभीको रुपमा रहेको थियो । तर, त्यस यताको तीन वर्षभन्दा कम समयमा विश्व अटोबजारमा आमूल परिवर्तन आइसकेको छ ।

बेन्टलेको यो कार अहिले पाँचौ स्थानमा रहेको छ । बेन्टलेको बेन्टेगामा ६.० लिटर डब्लू–१२ इञ्जिन रहेको छ, जसले ६ सय एचपी र ६ सय ६४ एलबी–एफ्टी टर्क दिन्छ ।

४. टेस्ला मोडल एक्सपी-१०० डी


तपाईंले विगतमा टेस्लाको मोडल एक्सकाबारेमा मात्र सुन्नुभएको छ भने तपाईंलाई टेस्लाको अन्य एसयूभी शक्तिशाली होलान् भन्ने नलाग्न सक्छ । तर, पूर्ण विद्युतीय कार टेस्लाको मोडल एक्पी–१०० डी एसयूभी एक शक्तिशालीमध्येमा पर्छ । 

यो कारमा १०० केडब्लूएच ब्याट्री रहेको छ, जसले ६ सय तीन एचपी र सात सय १३ एलबी–एफ्टी टर्क दिन्छ ।

३. मर्सिडिज-एएमजी जी-६५


मर्सिडिजको यो मोडलको एसयूभीमा ६.० लिटर बिटुर्बो भी–१२ इञ्जिन प्रयोग गरिएको छ, जसले ६ सय २१ एचपी र सात सय ३८ एलबी–एफ्टी टर्क दिन्छ । अफरोड पावरसमेत समावेश गरिएको यो एसयूभीको बजार पछिल्लो समय उल्लेख्यरुपमा वृद्धि भइरहेको छ ।

२. लिम्बोर्गिनी उरुस


कुनै बेला यस्तो समय थियो, लिम्बोर्गिनीले एसयूभी बनाउला भनेर कसैले पत्याउँदैन थिए । तर, समयको परिवर्तनसँगै कम्पनीले एसयूभी उत्पादन थाल्यो । 

लिम्बोर्गिनीले यो वर्षको सुरुमा उरुस बजारमा ल्याएको थियो । यो गाडीमा ४.० लिटर बिटुर्बो भी–८ इञ्जिन छ, जसले ६५० एचपी र ६ सय २७ एलबी–एफ्टी कर्ट दिन्छ ।

१. जीप ग्रान्ड चेरोक ट्र्याकहक

सबैभन्दा शक्तिशाली एसयूभी जर्मनी वा इटालीबाट नभई अमेरिकाबाट आएको छ । यो कार निक्कै शक्तिशाली रहेको छ, जुन हेलक्याट मोडलबाट लिइएको हो । 

जीप ग्रान्ड चेरोक ट्र्याकहकमा ६.२ लिटर सुपरचार्जर्ड एचईएमआई भी–८ इञ्जिन रहेको छ, जसले सात सय सात एचपी र ६ सय ४५ एलबी–एफ्टी टर्क दिन्छ । 

यो एसयूभीलाई हालसम्म बजारमा उपलब्ध एसयूभीमध्ये सबैभन्दा शक्तिशाली रहेको मानिन्छ । यो कार पनि शक्तिशालीको सूचिमा धेरै लामो समय नटिक्ने अनुमान हुन थालिसकेको छ ।


Back_to_top