पर्यटक सवारीले भन्सार बिन्दु बाहेक कर थप तिर्न नपर्ने

काठमाडौं । अब छिमेकी मुलुकका पर्यटक सवारी नेपाल आउँदा भन्सार बिन्दु बाहेक अन्य प्रदेशमा थप कर शुल्क तिर्न नपर्ने भएको छ ।

वैशाख ३ गते बसेको अन्तर सरकारी वित्त परिषद् र विषयगत समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

यस अनुसार अब भारत र चीनबाट नेपाल आउने पर्यटक सवारीले भन्सार बिन्दुमा शुलक तिरेपछि देशभर निर्वाध आवतजावत गर्न पाउने छन् ।

‘पर्यटन प्रवद्र्धन र अन्तर प्रादेशिक सहकार्यका लागि छिमेकी मुलुकका पर्यटक सवारीलाई भन्सार विन्दुमा अस्थायी पैठारी शुल्क तिरेपछि प्रदेशबाट थप कर शुल्क नलिई नेपालभर निर्वाध आवागमनको सहज व्यवस्था मिलाउने,’ बैठकको निर्णयमा भनिएको छ ।


Back_to_top