टोयोटाले रस एसयूभीलाई नेपाली बजारमा बिक्री सुरु गरेको झन्डै २ महिना पुरा भएको छ । अब कम्पनीले यो मोडललाई पाकिस्तानमा सार्वजनिक गर्ने तयारी गरेको छ ।
जापानी कम्पनी टोयोटाले उक्त एसयूभीलाई अर्काे हप्ता पाकिस्तानमा सार्वजनिक गर्ने जानकारी दिएको हो । कम्पनीले रसलाई भारतीय बजारमा बिक्री गर्ने वा नगर्ने केही खुलाएको छैन । टोयोटा रस एफ्टी अवधारणामा उत्पादित मोडल हो । यसमा नयाँ एलईडी हेडल्याम्प्स लगाइएको छ भने ब्ल्याकग्रिल दिइएको छ । साथै, सिल्भर फिनिस स्कीड प्लेटमा सात इञ्च टचस्क्रिन इन्फोनेन्ट सिस्टम, कार–प्ले र एन्ड्रोइड अटो सपोर्टको विशेषता उपलब्ध छ । यसमा क्लाइमेट–कन्ट्रोल, किलेस–इन्ट्री, पुश–स्टार्टबटम, क्रुज–कन्ट्रोल, रिभर्स–क्यामरा, १७ इञ्च अलोय ह्वील लगाइएको छ ।
टोयोटाले इन्डोनेशियालगायतका अन्य बजारमा रसको स्पोर्टी अवतार टीआरडी स्र्पोट भेरियन्ट बेच्दै आएको छ । यो मोडल पाकिस्तानमा सार्वजनिक गर्नेबारे कुनै जानकारी आएको छैन । टोयोटाको यो गाडी पाँच र सात सिटमा उपलब्ध हुनेछ । टोयोटा रसमा १.५ लिटरको चार सिलिन्डर पेट्रोल इन्जिन लगाइएको छ ।
यसले ६ हजार आरपीएममा १०४ बीएचपी पावरकासाथै ४२ सय आरपीएममा १४६ एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा पाँच स्पीड म्यानूअल र चार स्पीड अटोमेटिक गियरबक्स लगाइएको छ ।


