काठमाडौं । विश्व बजारमा सर्वाधिक गाडी विक्री गर्ने टोयोटाले नयाँ विद्युतीय गाडीको कन्सेप्ट गत वर्ष क्यालिफोर्नियामा सार्वजनिक गरेको थियो । कन्सेप्ट सार्वजनिक भएसँगै यसको चर्चा अत्याधिक रहेको छ ।
टोयोटा र्याभफोर जस्तै र समान साइजमा उपलब्ध हुने ‘बीजेडफोरएक्स’ मिड साइज एसयूभीको रुपमा बजारमा आउने छ । कन्सेप्टमा देखाइए अनुसार भित्र प्रसस्त ठाँउ उपलब्ध रहने छ । अमेरिकी बजारमा मात्रै टोयोटा र्याभफोर वार्षिक ७ देखि ८ लाख हाराहारी युनिट विक्री हुन्छ । यी ग्राहकले ‘बीजेडफोरएक्स’ छनोट गर्न सक्नेछन् ।
टोयोटाले आफ्नो पूर्ण एसयूभीलाई दुई ड्राइभिङ सिस्टम, फ्रन्ट ह्वील र अलह्वील ड्राइभ अप्सनमा ल्याउने छ । चालकको सहजताको लागि टोयोटाले ‘ड्राइभर असिस्ट टेक्नोलोजी’ पनि यसमा दिने जनाएको छ । यसमा रहेको ब्याट्रीलाई फुल चार्ज गर्दा ३५५ देखि ४०५ किलोमिटरसम्म रेन्ज दिने इपीएले प्रमाणित गरेको छ । यसको मूल्य कति पर्छ भन्ने विषयमा टोयोटाले केही खुलाएको छैन ।
सेकेन्ड जेनेरेशन र्याभफोर इलेक्ट्रीकमा विक्री गरेको टोयोटाले धेरैपछि नयाँ एसयूभी ल्याउन लागेको हो । अहिले विश्वको अटोमोबाइल बजार नै इभीतर्फ अघि बढेको समयमा धेरैपछि मात्रै गत वर्षको डिसेम्बरमा टोयोटाले आफ्नो इभी निर्माण गर्ने प्लान घोषणा गरेको थियो । टोयोटाका सीइओ अकियो टोयोडाले ३५ बिलीयन डलर इभी विकासमा लगानी गर्ने घोषणा गरिसकेका छन् ।
टोयोटा ‘बीजेडफोरएक्स’को फ्रन्ट भिजीबीटी एकदमै राम्रो छ । यसको ह्वीलवेस २८५० एमएमको छ । जसको कारण यो कारमा कम्फर्टेवल फ्रन्ट सिट तथा रियरमा ६ फिटको यात्रुका लागि पनि प्रसस्त लेगरुम रहेको छ ।
यसको इन्ट्रुमेन्ट क्लष्टर फ्ल्याट ड्यासबोर्डमा हाइसिट गरेर दिइएको छ । यसले चालकलाई एकदमै सजिलो हुन्छ । यसको बीचमा स्ट्याण्डर्ड १२.३ इन्चको टचस्कृन इन्फोटेम्मेन्ट सिस्टम रहेको छ । उक्त स्कृनको मुनीपट्टी टचसेन्सेटीभ बार रहेको छ । यसको सहायताले हिटीङ, भेन्टीलेसन, एयरकन्डीसन फङ्सन कन्ट्रोल गर्न सकिन्छ ।

टोयोटाले बीजेडफोरएक्स टु ह्वील र फोर ह्वील दुबै ड्राइभ अप्सनमा रहेको छ । यसको फ्रन्ट ह्वील ड्राइभमा प्यानासोनीकको ७१.४ किलोवाट आवरको व्याट्री प्याक रहेको छ भने अलह्वील ड्राइभ भर्सनमा क्याटलको ७२.८ किलोवाट आवरको व्याट्री प्याक रहेको छ । यो कारको फ्रन्ट ह्वील ड्राइभको २०१ हर्सपावर रहेका छ भने अलह्विल ड्राइभको पावर २१४ हर्सपावरको रहेको छ ।
स्ट्याण्डर्ड रुपमा १८ इन्चको ह्वील रहेको यो कारको टपट्रीममा २० इन्चको अलोय ह्वील रहेको छ । सबै ट्रिममा प्यानारोमीक फिक्स्ड सनरुफ तथा जेबीएलको अडियो सिस्टम रहेको छ । यो कारको अलह्वील ड्राइभ अप्सनमा स्नो/डर्ट, डीप/स्नो मड, ग्रिप एण्ड कन्ट्रोल आदि मोड रहने छ ।
टोयोटाको नयाँ बीजेडफोरएक्सले अमेरिकी लगायत विश्वबजारमा फोर्ड मस्टाङ म्याकई, हुन्डाई आयोनीक ५, किया इभी सिक्स र फक्सवागेन आइडी ४ जस्ता मोडलसँग प्रतिस्पर्धा हुनेछ ।


