काठमाडौं । जापानी कम्पनी टोयोटाले इटियोस् लीभा ड्युल टोन लिमिटेड एडिशन सार्वजनिक गरेको छ । कम्पनीले टप भेरिएन्ट भिएक्समा आधारित बहुप्रतिक्षित मोडललाई पेट्रोल र डिजेल भेरिएन्टमा सार्वजनिक गरेको छ ।
पेट्रोल भर्सनमा सार्वजनिक भएको उक्त मोडलको मूल्य ६ लाख ५१ हजार भारु अर्थात १० लाख ४१ हजार ६०० नेपाली रुपैयाँ निर्धारण गरेको छ । साथै, डिजेल भेरिएन्टको मूल्य ७ लाख ६६ हजार भारु अर्थात् १२ लाख २५ हजार ६ सय नेपाली रुपैयाँ तोकिएको छ ।
ड्युल टोन लिमिटेड एडिशन सेतो कलरमा ल्याइएको छ । रेड हाइलाइटर र ब्याक रुफले गाडीलाई निक्कै दमदार तथा आकर्षक बनाएको छ । सेतो रङ मन नपर्ने ग्राहकले रेगुलर इटियोस् लिभाको डबल टोन भेरिएन्ट किन्न सक्नेछन् । लिमिटेड एडिशनको क्याबिन र बाहिरी आवारणमा कन्ट्रास्ट फिनिसिंग दिइएको छ, यद्यपी यो विशेषता रेगुलर ड्युल टोन लीभामा समावेश छैन । ड्युल टोन लीभामा ओरेन्ज, रेड र ह्वाइट एक्सटिरियर कलरको साथै ब्लाक रुफ लगाईएको छ ।
यस्ता छन् विशेषता
यसमा रेड र ब्ल्याक ड्युल टोन ग्रिल, साइड तथा बुटमा रेड हाईलाइट र रेड कलरको डोर ह्यान्डल लगाइएको छ । रुफमा कालो कलर दिइएकोे छ भने केबिनमा एसिबेन्ट र गियर नोबमा रेड हाइलाईटले सजाईएको छ ।
लिमिटेड एडिशन लीभामा ६.८ इन्च टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम लगाइएको छ । यसमा रेगुलर मोडलमा उपलब्ध पेट्रोल र डिजेल इन्जिन लगाइएको छ ।
पेट्रोल भर्सनमा उपलब्ध १.२ लिटर इन्जिनले ८० पिएस पावरका साथै १०४ एनएम टर्क उत्पादन गर्छ । भने, डिजेल भर्सनमा लगाइएको १.४ लिटरको इन्जिनले ६८ पिएस पावरका तथा १७० एनएम टर्क उत्पादन गर्छ ।
उक्त कारमा इलेक्ट्रीक एडस्टेवल तथा फोल्डेवल लुकिङ ग्लास, कुल्ड ग्लोबबक्स, स्टेरिङ माउन्ट कन्ट्रोल, ड्युल फ्रन्ट एयरब्याग, एबिएस, इबीडीलगायतका विशेषता दिइएको छ ।

