टोयोटा इनोभाको लिडरसिप एडिसन सार्वजनिक, यी फिचरले प्रिमियम बनायो

काठमाडौं । टोयोटाको प्रिमियम एमपीभी इनोभाको लिडरसिप एडिसन सार्वजनिक भएको छ । टोयोटाले भारतमा उत्पादन गरेको प्रिमियम एसयूभी इनोभा निकै सफल एमपीभीको रुपमा रहेको छ ।

विगत १५ वर्षदेखि बजारमा रहेको इनोभा क्रिस्टा लिडरसिप एडिसनमा इन्टेरियर र एक्स्टेरियरमा केही परिमार्जन गरिएको छ ।

भारतीय प्रदुषण मापदण्ड बीएस ६ अनुसारको डिजेल इन्जिनमा उपलब्ध यस एमपीभीको मूल्यसमेत करिब ६१ हजार भारतीय रुपैयाँले बढेको छ । कम्पनीले यसको इन्टिेरियरमा ड्यूल टोन कलर अप्सन दिएको छ । जसमा ह्वाइट पर्ल र व्ल्याक कलर तथा रातो र कालो दुई फरक अप्सन उपलब्ध रहेको छ ।

नयाँ इनोभामा १७ इन्च अलोय ह्वील, रियर स्पोइलर, लिडरसिपको व्याच, ३६० डिग्री क्यामेरा, विभिन्न ४ क्यामेरा, अटो फोल्ड रियरभ्यू मिरर, पडल ल्याम्प, ७ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम उपलब्ध रहेको छ ।

यसमा अगाडि तीन एयरव्याग दिइएको छ । उक्त एयरव्यागले चालक र अगाडी बस्ने पयासेन्जर तथा चालकको घुँडाको सुरक्षा गर्छ । यसका साथै यसमा अटोमेटिक हेडल्याम्प र वाइपर, क्रुज कन्ट्रोल, किलेस इन्ट्रि, पुस बटम स्टार्ट जस्ता फिचर उपलब्ध रहेको छ ।

कम्पनीले यसमा २.४ लिटर इनलाइन फोर सिलिण्डर डिओएचसी डिजेल इन्जिन दिएको छ । उक्त इन्जिनले ३४०० आरपीएममा १४८ बीएच पावर र १४०० देखि २८०० आरपीएममा अधिकतम ३४३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल गियरबक्स प्रदान गरिएको छ । एआरएआईका अनुसार नयाँ इनोभाले प्रतिलिटर १५ किलोमिटर माइलेज प्रदान गर्नेछ ।


Back_to_top