नेपाल नआउँदै उत्पादन बन्द भयो रोयल इन्फिल्डको यो बाइक

काठमाडौं । रोयल इन्फिल्डले एक वर्षअघि उत्पादन सुरु गरेको मोटरसाइकल बुलेट ट्रायल्स बन्द हुने भएकाे छ । कम्पनीले बुलेटको ट्रायल्स मोडल दुई इन्जिन अप्सनको साथ भारतमा उत्पादन गरिएको थियो । ३५० र ५०० दुई इन्जिन अप्सनमा आएको बुलेट ट्रायल्स नेपाल नआउँदै बन्द हुने भएको हो ।

कम्पनीले यसलाई २०१९ मार्चबाट उत्पादन सुरु गरेको थियो । पछिल्लो समय रोयल इन्फिल्डका मोटरसाइकलको बिक्रीमा निकै कमी आएसँगै कम्पनीले ट्रायल्स मोडलको उत्पादन बन्द गर्ने भएको हो ।

रोयल इन्फिल्डले ट्रायल्स मोडल विशेषत अफरोड मोटरसाइकलको रुपमा बजारमा ल्याएको थियो । डबल टोन कलर, सिंगल सिट, छोटो फेन्डर, लामो सस्पेन्सन र माथी उठाइएको एग्जस्ट, हायर सिट ह्याण्डलबार रहेको यो मोटरसाइकलमा ३४६ सीसी क्षमताको इन्जिन दिइएको थियो । उक्त इन्जिनले २० बीएच पावर र २८ एनएम टर्क प्रदान गर्छ ।

यसका साथै यसमा दिइएको ४९९ सीसी क्षमताको इन्जिनले अधिकतम २७.५ बीएच पावर र ४१.३ एनएम टर्क प्रदान गर्छ । यी दुबै मोटरसाइकलमा ५ स्पीड म्यानुयल गियरबक्स प्रदान गरिएको छ ।


Back_to_top