काठमाडौं । टोयोटाको नयाँ एसयूभी रस ९० युनिट प्रि–बुकिङ्ग भएको युनाइटेड ट्रेर्डस सिन्डिकेटले जनाएको छ । टोयोटाको नयाँ एसयूभी ‘अल न्यू रस’ लाई कम्पनीले केही दिन अगाडि प्रि बुकिङ खुल्ला गरेको थियो ।
‘हामीले अहिलेसम्म ९० वटा कारको बुकिङ लिइसकेका छौ’ कम्पनीका सेल्स एण्ड मार्केटिङ मेनेजर बिबेक बलामीले मेरोअटो डटकमसँग भने ।
पहिलो चरणमा बुकिङ लिइएको कारहरु जुलाई महिनाको अन्तिम र अगष्ट महिनाको पहिलो हप्तामा ग्राहकलाई हस्तान्त्रण गरिसक्ने उनले जानकारी दिए ।
टोयोटाले सधै आफ्ना ग्राहकलाई क्वालीटि, रिलायविलीटी र एक्स्पेरियन्स गर्ने अवसर दिदै आएको छ । यसैको निचोड हो रस बलामीले भने ।
इन्जिन
रसमा १.५ लिटरको फोर सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ, जसले १०५ एचपी पावर र १४० एनएम टर्क प्रदान गर्छ । यो फाइभ–स्पिड म्यानुअल र फोर–स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ ।
अन्य फिचर
मिनिमम् रनिङ ग्राउन्ड क्लियरेन्स २२० एमएम रहेको छ भने रक बटम ग्राउन्ड क्लियरेन्स २९० एमएम रहेको छ । यो एसयुभीमा क्रोम स्लट, एलईडी हेडलाइट, एलईडी डीआरएल, चंकी फ्रन्ट बम्पर, एलोइ ह्वील, क्याबिनमा सफ्ट–टच मेटरियल दिएइको छ ।
त्यसैगरी ७ इन्चको टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको यो कारमा किलेस इन्ट्री, पुस बटन स्टार्ट, यूएसबीपोर्ट लगातका फिचर दिइएको छ । यो कारमा चढ्दा एसयुभीको रिएल मज्जा लिन सकिने अन्तर्राष्ट्रिय मिडियाहरुले समाचार बनाएका छन् ।
सुरक्षा
६ वटा एयरब्याग दिइएको यो कारमा ईबीडी सहितको एबीएस, स्ट्याबिलिटी कन्ट्रोल र हिल स्टार्ट असिष्ट जस्ता सुरक्षात्मक संयन्त्र दिइएको छ । यो कारलाई आसिएन एनक्यापले ५ स्टार रेटिङ दिएको छ ।
मूल्य
नेपाली बजारमा यो कारको सुरुवाति मूल्य ५९ लाख ९० हजारदेखि ७३ लाख ५० हजारसम्म रहेको छ ।

