काठमाडौं । सिन्डिकेट बिरुद्ध कडा रुपमा प्रस्तुत भएको सरकारले आज संचालनमा नआएका सबै सवारीसाधनको रुट परमिट खारेज गर्ने निर्णय गरेको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले आज यातायात संचलन नगरेका ब्यवसायीको रुट परमिट खारेज गर्ने निर्णय भएको जानकारी दिए ।
मन्त्रालयमा भएको बैठकपछि रुट परमिट खारेजीको निर्णय भएको उनले जानकारी दिए। ‘अहिले हामी तथ्यांक संकलन गिररहेका छौं बेलुकासम्म निर्णाय हुन्छ’ भट्टराईले मेरोअटो डटकमसँग भने ।
देशभर साढे २ लाख सार्बजनिक सवारी साधन चल्छन्। यसमध्ये कम्पनीमा दर्ता भएकाहरुले मात्र सवारी साधन चलाएका छन्। अब रुट परमिट खारेज भएका ब्यवसायीले कम्पनीको मार्फतबाट पहल गरे रुट परमिट पाउन सक्ने छन् ।