आन्दोलमा उत्रेका यातायात व्यवसायी पक्राउ, यी हुन् पक्राउ पर्ने ब्यवसायी

काठमाडौं । गृह मन्त्रालयले सिण्डिकेट पक्षधरका यातायात व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएसंगै देशभरबाट व्यवसायीहरु पक्राउ पर्न थालेका छन् । 

गृहमन्त्री रामबहादुर थापा बादलले सिण्डिकेटको यातायात निर्देशिकाको खारेजीको शुक्रबार यातायात बन्द गरेका व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएपछि प्रहरीले बुटवल, कपिलवस्तु, झापा, मकवानपुर लगायतका स्थानबाट सार्वजनिक यातायात संचालकहरु पक्राउ गरेको हो ।  

प्रहरीले  पश्चिम नेपाल बस ब्यवसायी संघका  उपाध्यक्ष जीवन बन्जाडे र महासचिव पदम गाहा मगरलाई पक्राउ गरिएको जनाएको छ । 

त्यस्तै, बुटवल यातायात व्यवसायी संघका उपाध्यक्ष अशोककुमार श्रेष्ठ, हेटौंडाबाट टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, सदस्यहरु कृष्ण श्रेष्ठ र कृष्ण न्यौपाने पक्राउ परेका छन् । 

प्रहरीले कानुन विपरित हड्ताल गरेको भन्दै काभ्रे मिनीबस सेवा समितिका उपाध्यक्ष शान्तराम ताम्राकारलाई पनि पक्राउ गरेको छ ।

प्रहरीले यातायात व्यवसाय ठप्प पारी कानुन उल्लङ्घन गरेकाले अन्य व्यवसायी संघका अध्यक्षलाई समेत पक्राउ गरिने जनाएको छ । सरकारले सिण्डिकेट हटाएसंगै सरकारी कदम विरुद्ध आन्दोलन गर्दै आएका यातायात व्यवसायीको बन्दका कारण देशभरको जनजिवन कष्टकर बनेको छ, । मन्त्री थापाले कानुन उलङ्घन गरेकाले यातायात व्यवसायीलाई प्रहरी परिचालन गरि नियन्त्रणमा लिईने जानकारी दिएका छन् । 


Back_to_top