टोयोटा ‘अर्वान क्रुजर’ नाम सुजुकीले गर्यो स्विकृत, मूल्य ४० लाख

काठमाडौं । मारुती सुजुकी भिटार ब्रेजालाई टोयोटाले ‘अर्वान क्रुजर’ नामबाट ल्याउन गरेको प्रस्ताव सुजुकीको बोर्डले स्विकृत गरेको छ । यो नाम स्विकृतसँगै टोयोटाले आगामी दिपावलीको समय पारेर यसलाई बजारमा ल्याउने तयारी गरेको हो ।

अक्टोबरसम्ममा बजारमा ल्याउने जनाइएको यो एसयूभी कोभिड १९ को कारण सार्वजनिक गर्ने समय सार्नु परेको बताइएको छ । अन्यथा कम्पनीले मेसम्ममा नै बजारमा ल्याउने तयारी गरेको थियो । टोयोटाले आफ्नो ल्याण्ड क्रुजरबाट प्रभावित भएर यसको नाम ‘अर्वान क्रुजर’ भएको हो ।

रिपोर्टमा भनिएको छ, टोयोटाले सुरुवातमा उत्पादन गरेको एसयूभी क्रुजर नामबाट चिनिएकाले आफ्नो स्थापित क्रुजरको प्रयोग सानो सब फोर मिटर एसयूभीमा गर्ने भएको हो । यो टोयोटाको सबैभन्दा कम मूल्यको एसयूभी हुने छ । नेपाल आउने हो भने यसको सुरुवाति मूल्य करिब ४० लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।

टोयोटा ब्राण्डमा आउने अर्वान क्रुजर सुरक्षाको हिसावले भिटारा ब्रेजाभन्दा उत्कृष्ट रहने अनुमान गरिएको छ । अहिले नेपालमा बिक्री भइरहेको ब्रेजा ग्लोवल एनक्यापमा ४ स्टार रेटिङ प्राप्त सब फोर मिटर एसयूभी हो ।

अर्वान क्रुजर नाम टोयोटाले दिनुको पछाडि यो गाडीमा अफरोड क्षमता नहुनु भन्ने भएको रहेको विभिन्न रिपोर्टले दाबी गरेका छन् । टोयोटा विश्वमा अफरोड एसयूभी निर्माणमा अग्रणी रहँदै आएको छ ।

अर्वान क्रुजरमा ब्रेजामा रहेको १.५ लिटर के१५बी एसएचभीएस फोर सिलिण्डर पेट्रोल इन्जिन रहने छ । दिइएको छ । उक्त इन्जिनले १०५ पीएस पावर र १३८ एनएम टर्क प्रदान गर्नेछ । ५ स्पीड म्यानुयल र ४ स्पीड टर्क कन्भटर अटोमेटिक गियरबक्स दिइएको छ ।

हाइब्रिड टेक्नोलोजीको प्रयोग भएको यो सब फोर मिटर एसयूभी अन्तर्राष्ट्रिय बजारमा टोयोटाले बिक्री गर्ने जनाइएको छ ।


Back_to_top