मध्यपुर थिमि नगरपालीकामा सवारीसाधनलाई पूर्ण रोक

काठमाडौै । भक्तपुरमा हिजो कोरोनाको संक्रमित भेटीए पश्चात मध्यपुर थिमि नगरपालिकाले मूल सडक बाहेकका सडकमा सार्वजनिक आवगमनमा निषेध गरेको छ।

मध्यपुर थिमि नगरपालिकाले विज्ञप्ति जारी गर्दै अरनीको राजमार्ग र भक्तपुर जाने पुरानो सडक बाहेकका अन्य सडकमार्ग तथा बाटोहरुमा सार्वजनिक आवगमनमा पुर्णरुपले निषेध गरिएको जनाएको छ।

मुल सडकभित्रका सडकहरुमा स्थानीय बाहेक अन्यलाई प्रबेश गर्न नदिने निर्णय भएको हो ।

नगरक्षेत्रभित्र बसोबास गरेकाहरु बाहिर गएको भए फर्किन नदिने समेत नगरपालिकाले निर्णय गरेको छ। काठमाडौं आउने जाने गर्नेहरुकै कारण जोखिम बढेकाले यस्तो गरिएको मेयर श्रेष्ठले बताए।

बाहिर गएका नागरिकलाइ परिक्षण नगरी प्रवेश नदिन सम्बन्धित घरधनीलाई समेत नगरपालिकाले आग्रह गरेको छ । नगपालीकाको आग्रह नमानेमा घरधनीलाई समेत कडा कारवाही गर्ने समेत जनाएको छ ।

नगरक्षेत्रभित्र रहेका औषधि पसल तथा अति आवश्यक बस्तुका पसल बिहान ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ ।


Back_to_top