काठमाडौं । सरकारले केही सवारीसाधन संचालन गर्न पासको आवश्यक नपर्ने जनाएको । तर, ती सवारीसाधन चालकसँग सम्बन्धीत क्षेत्रको पास भने अनिर्वायरुपमा हुनु पर्ने छ ।
सरकारले विभिन्न १९ प्रकारका सवारीहरु सञ्चालन गर्नका लागि पास लिनु नपर्ने व्यवस्था गरेको हो ।
जसमा एम्बुलेन्स, शवबहान, दमकल, झण्डावाल सवारी, कुटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग व्यक्ति तथा संघ÷संस्थाहरुका सवारीसाधन संचालनका लागि पास लिनु पर्दैन ।
प्रेस काउन्सिलबाट जारी भएको प्रेस पास प्राप्त संचारकर्मी, स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, फार्मासिस्ट, प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत अन्य कर्मचारीहरु, औषधी उत्पादन ढुवानी र बिक्री वितरणमा संलग्न हुने जनशक्तिाहरुका लागि पनि सवारी पास लिनु पर्दैन ।
यस्तै खानेपानी, मर्मत सम्भार र वितरणमा संलग्न जनशक्ति, फोहोरमैला व्यवस्थापनमा परिचालिट जनशक्ति, ठूला खाद्य स्टोरमा कार्यरत जनशक्ति, अत्यावश्यक वस्तु तथा सेवा ढुवानी गर्ने मालवाहक सवारी साधनलाई पास नचाहिने भएको हो ।
यस्ता सवारीसाधन प्रयोगकर्ताहरुसँग अनिवार्य रुपमा सम्बन्धित निकायबाट जारी गरिएको कर्मचारी परिचय पत्र साथमा हुनुपर्ने छ ।



