टीभीएसको नयाँ मोटरसाइकलको नाम रोनिन, क्रुजर कि एडभेञ्चर टुरर

काठमाडौं । टीभीएसले नयाँ मोटरसाइकलको नाम दर्ता गरेको छ । भारतीय मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी टीभीएसले रोनिन नाम राखेर नयाँ मोटरसाइकलको पेटेन्ट दर्ता गरेको हो ।

कोभिड १९ का कारणले भएको नोक्सानी कम गर्नका लागि कम्पनीहरुले नयाँ बिजनेश योजना बनाएर अघि बढ्ने प्रयास गरिरहेको छन् । लामो लकडाउन पछि भारतमा अटो प्लान्ट तथा शोरुमहरु संचालनमा आउन सुरु भएका छन् ।

बजारमा आफ्नो बलियो उपस्थिति कायम गर्न टीभीएसलाई नयाँ उत्पादन ल्याउनु पर्ने अवस्था रहेको छ । त्यसैले कम्पनीले सन् २०२१ को सुरुवातमा नै नयाँ मोटरसाइकल ल्याउने लक्ष्य बनाएको छ ।

रोनिन नाममा दर्ता भएको मोटरसाइकल क्रुजर मोडल हुने वा एडभेञ्चर टुरर हुने भन्ने विषयमा अहिल्यै खुलाउन सक्ने अवस्था छैन । यसको बिषयमा कम्पनीले कुनै जानकारी भने दिएका छैन । टीभीएस रोनिन आरआर ३१०मा आधारित मोटरसाइकल हुने अनुमान पनि गरिएको छ ।

रोनिन आरआर ३१०मा आधारित टुरर हुने हो भने यसले बजाज डोमिनार ४०० सँग प्रतिस्पर्धा गर्ने छ । टीभीएस रोनिन कम्पनीले २०१८ अटोएक्सपोमा प्रर्दशन गरेको क्रुजर ज्यापलिन हुन सक्ने अनुमानसमेत सुरु भएको छ । कम्पनीले रोनिन नममा दर्ता गरेको मोटरसाइकलको बारेमा अन्य जानकारी भने सार्वजनिक गरेको छैन ।


Back_to_top