यारिस र सिएचआरमा आधारित सानो एसयूभी ल्याउँदै टोयोटा

टोयोटाले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा नयाँ गाडी ल्याउने भएको छ । कम्पनीले केही समय अगाडि जापानमा ल्याएको रकीको सफलतासँगै विकासशील देशमा बिक्री गर्ने उद्देश्यले सिएचआर र यारिसको संयोजनमा नयाँ एसयूभी ल्याउने भएको हो ।

कम्पनीले जि–एबी प्ल्याटफर्ममा उक्त कम्प्याक्ट एसयूभी निर्माण गर्न लागेको रिपोर्ट बाहिर आएको हो । सिएचआरको कन्सेप्टमा आउने उक्त एसयूभीले अन्तर्राष्ट्रिय बजारमा निसान जुके, रेनो क्याप्चर जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ । यदि यसलाई कम्पनीले भारतीय बजारमा उत्पादन गर्ने हो भने हुन्डाई क्रेटा, किया सेल्टोस, निसान किक्स र टाटा एच५ जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।

५ सीट क्षमतामा आउने यो एसयूभीमा १.५ लिटर पेट्रोल र हाइब्रिड पावर ट्रेन प्रदान गर्ने अनुमान गरिएको छ । यसमा दिइएने पेट्रोल इन्जिनले ११३ बीएच पावर प्रदान गर्ने अनुमान छ ।

साथै, कम्पनीले ल्याउने उक्त एसयूभी मुख्यत फ्रन्ट ह्वील ड्राइभ अप्सनमा उपलब्ध हुनेछ । यसको हाई भेरियन्ट भने अल ह्वील ड्राइभ अप्सनमा उपलब्ध हुने अनुमान गरिएको छ ।

नेपाली बजारमा विगत ५३ वर्षदेखि बिक्री वितरण हुँदै आएको टोयोटाका उत्पादन निकै चर्चामा रहने र प्रिमियम ब्राण्डको रुपमा सफल भएको छ ।


Back_to_top