हार्ले डेभिडसनलाई ट्रम्पको झट्का, अमेरिका बाहिर प्लान्ट लगे कारर्वाही

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले मोटरसाइकल मेकर कम्पनी हार्ले डेभिडसनलाई चेतावनी दिएका छन् । ट्रम्पले हार्ले डेभिडसनले अमेरिकाभन्दा बाहिल प्लान्ट लगाएमा कम्पनीलाई कारबाहि गर्ने चेतावनी दिएका हुन् ।

हार्ले डेभिडसनले अमेरिकाभन्दा बाहिर थाईल्यान्ड र भारतमा एसेम्बल प्लान्ट लगाउने कुरा बाहिर आई रहेको समयमा यदी अमेरिका बाहिर प्लान्ट स्थापना गरेमा उसलाई भारी ट्याक्स लगाउने अमेरिकी राष्ट्रपतिले चेतावनी दिएका हुन् ।

हार्ले डेभिडसनले यूरोपियन यूनियनको उच्च आयात शुल्कबाट बच्नका लागि मोटरसाइकलको केही हिस्सा अमेरिका भन्दा बाहिर गर्ने घोषणा गरेको थियो । कम्पनीको सो घोषणामा अमेरिकी राष्ट्रपतिले आक्रोश व्यक्त गरेका हुन् । 

कम्पनीले यूरोपियन यूनियनको आयात करबाट बच्नकालागि यूरोपको कुनै देशमा प्लान्ट उत्पादन लाने योजनासमेत गरिरहेको थियो । अझै कुन देशमा एसेम्बल्ड प्लान्ट लगाउने भन्ने निश्चित भने गरिसकेको छैन । 

हार्ले डेभिडसनको थाइल्याण्डमा आफ्नै फ्याक्ट्री स्थापना भएको हुँदा कम्पनीले आफ्नो उत्पादन यूनिट नै त्यहाँ सार्न सक्ने अनुमान गरिएको छ । 

यूरोपेली संघले आयात शुल्क ६ गुणाले बढाएर ३१ प्रतिशत पुर्याएको छ । जसले गर्दा अमेरिकाबाट यूरोपमा निर्यात हुने हार्लेको मोटरसाइकलमा औसतमा करिब २,२०० अमेरिकी डलर वृद्धि हुनेछ ।


Back_to_top