उपत्यकाका यी स्थानमा पार्किङगर्दा शुल्क तिर्नु पर्दैन

काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधन व्यवस्थापनको लागि १ सय ४३ स्थानमा निःशुल्क पार्किङको लागि तोकिएको छ । 

अव ट्याक्सीका लागि ६० स्थान तोकिएको छ भने निजी सवारीका लागि ८३ स्थानमा पार्किङ तोकिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

ट्याक्सीलाई भोटाहिटी, ठमेल, कृष्ण पाउरोटी, महाराजगञ्ज, चक्रपथ, लैनचौर, भाटभटेनि, कोटेश्वर, बालाजू, स्वयम्भुलगायत ६० स्थान तोकिएको छ ।

निजी सवारीलाई दरबार मार्ग, रानीपोखरी, पुतलीसडक, डिल्लीबजार, सुनधारा, न्युरोड, कालिमाटी, बल्खु, चाबहिल, बौद्ध, रत्नपार्क लगायतका ८३ स्थानमा निःशुल्क पार्किङको व्यवस्था गरिने भएको छ । 

यी स्थानहरुमा एउटा सावारीसाधनले बढीमा दुई घण्टासम्म मात्रै पार्किङ गर्न पाउने छन् ।

अहिले राजधानीमा प्राइभेट सवारीसाधनलाई पार्किङ गर्न शुल्क तिर्नु परिरहेको छ । अव त्यो परिपाटी अन्त्य हुने भएको छ । 

काठमाडौं महानगरपालिकाले अस्तव्यस्त उपत्यकाको पार्किङलाई अगामी दुई हप्ताभित्र व्यवस्थित बनाउनेगरी प्रक्रिया अघि बढाएको जनाएको छ ।


Back_to_top