अटो-फ्याक्ट्सः कुन प्रदेशमा कति सडक ? बिस्तारमा प्रदेश ३ अगाडि

काठमाडौं । सडक सञ्जालको हिसाबले प्रदेश नम्बर एक सबैभन्दा धनी देखिएको छ । ५ हजार ७७७ किलोमिटर सडक संजाल रहेको प्रदेश नम्बर एकमा केन्द्रिय राजधानी समेत रहेको प्रदेश नम्बर तीनमा भन्दा ४९० किलोमिटर बढी सडक सञ्जाल रहेको छ । 

चालु आर्थिक बर्षको ९ महिनासम्मको तथ्यांकलाई हेर्दा सबै प्रदेशमा रहेका बिभिन्न जिल्ला जोडिएका मुख्य सडकहरुको सञ्जाल २६ हजार १२६ किलोमिटर रहेको छ । ती सबै सडकहरु कालोपत्रे रहेका छन् । 

यो पनी पढ्नुस्ः अटो फ्याक्टस्ः यस्तो छ सडक निर्माण बजेट, एक्स्प्रेस हाईवेदेखि सुरुङसम्म

प्रदेश नम्बर तीनमा ५ हजार २८८ किलोमिटर सडक सञ्जाल रहेको छ । तर, सडक बिस्तारको कामभने सबैभन्दा बढी प्रदेश ३ मानै भइरहेको छ । देशभर संचलनमा रहेको सडक बिस्तार योजनाको २५.५ प्रतिशत हिस्सा प्रदेश नम्बर ३ मा रहेको छ । 

सडक सञ्जालको हिसाबले प्रदेश नम्बर ६ निकै पछाडि रहेको छ । उक्त प्रदेशमा १ हजार ७५० किलोमिटर मात्र सडक संजाल भएको छ । जुन प्रदेश नम्बर २ र ७ को भन्दा ७०० किलोमिटरले कम हो । प्रदेश नम्बर २ मा २ हजार ५१९ किलोमिटर सडक निर्माण भएको छ भने, प्रदेश नम्बर ७ मा २ हजार ५२५ किलोमिटर सडक रहेको छ ।

यो पनी पढ्नुस्ः अटो-फ्याक्टस्ः तथ्यांकमा सवारीसाधन आयात, कुन देशबाट कति ? 

प्रदेश नम्बर ४ र ५ मा बराबरी सडक संजाल रहेको छ । यी दुई प्रदेशमा जम्मा १ किलोमिटर मात्र फरक रहेको छ  । ४ नम्बरमा ४ हजार १३४ किलोमिटर सडक सञ्जाल हुँदा प्रदेश ५ मा ४ हजार १३३ किलोमिटर सडक रहेको छ । 

चालु आर्थिक बर्षमा ५२२ किलोमिटर नयाँ सडक बिस्तार भएको छ भने ४८० किलोमिटर सडक ग्राभेल भएको छ । ३४६ किलोमिटर सडक कालोपत्रे भएको छ । 

यो स्तम्भ फ्याक्ट्स नेपाल र मेरोअटो डटकमको सहकार्यमा तयार परिएको हो । हरेक बुधबार मेरोअटोमा प्रकाशन हुने छ । 


Back_to_top