टीभीएसले बजारमा ल्याएको अपाची आरआर ३१० ले अपेक्षाकृत बिक्री लक्ष्य हासिन गर्न नसकेपछि कम्पनीले जर्मन सवारी उत्पादक कम्पनी बीएमडब्लूसंग मिलेर नयाँ मोटरसाइकल बनाउने भएको छ । बीएमडब्लू मोटोराडसंग मिलेर ट्वीन–सिलिन्डर मोडल बनाउने भएको हो ।
विभिन्न कम्पनीहरुले नयाँ नयाँ मोटरसाइकल बनाइ रहेका बेला टीभीएस र बीएमडब्लूले पनि संयुक्त रुपमा नयाँ मोटरसाइकल बनाउन लागेका हुन् । टीभीएसले ट्वीन सिलिन्डर मोटरसाइकल बनाउन लागेको हो जसमा प्राविधिक सपोर्ट बीएमडब्लूले गर्नेछ ।
यो मोटरसाइकल तुलनात्मक रुपमा सस्तोमा उत्पादन गर्ने लक्ष्य टीभीएसले गरेको छ । यसले अन्य दुईपांग्रे सवारी उत्पादकलाई अचम्भित तुल्याउने दाबी कम्पनीको छ ।
दुई कम्पनीले संयुक्त रुपमा बनाउने नयाँ मोटरसाइकल २०२० को अटो एक्सपोमा आउने अनुमान गरिएको छ । नयाँ मोटरसाइकलको इन्जिन क्षमता ५ सयदेखि ६ सय सीसीको हुनेछ ।


