टीभीएस एक्सचेन्ज जात्रा, शुन्य प्रतिशत व्याजदरमा बाइक पाइने

काठमाडौं । नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहक वर्गको लागी एक्स्चेञ्ज जात्रा नामक योजना ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुराना बाइक तथा स्कुटरहरु सँग टीभीएको बाइक एक्सचेन्ज गर्न सक्नेछन् । यो योजना कम्पनीले सिमीत अवधिका लागि यही जेठ ७ गतेदेखि जेठ ११ गतेसम्म जावलाखेल चोकमा संचालन भैरहेको छ ।

यस योजनामा ग्राहकहरुले ३ तरिकाबाट नयाँ टिभीएस मोटरसाईकल रोज्ने विकल्प प्राप्त गर्नेछन् । जस अनुसार पहिलो ग्राहकले आफूसँग भएको जुनै अवस्थाको मोटरसाईकलको न्यूनतम ग्यारेन्टी मुल्य २५ हजार प्राप्त गर्ने, त्यस्तै दोस्रो एक स्योरसट् स्क्य्राच कुपनबाट कम्तीमा १० हजारदेखि बढीमा एक लाख रुपैयाँ सम्मको पक्का नगद छुट प्राप्त गर्ने र तेस्रो शुन्य प्रतिशत फाइनान्स सुविधा प्राप्त गर्ने रहेका छन् । यसका अतिरिक्त टिभीएस टु ह्वीलर साट्दा हेलमेट, रेनकोट, मोटरसाईकलकभर र ब्याग उपहारहरु पनि प्राप्त गर्नेछन् ।

योजनाका सम्बन्धमा जानकारी दिंदै जगदम्बा मोटर्सका भाईस प्रेसिडेन्ट दिपक अग्रवालले भने ‘यो योजनाको मुख्य उद्देश्य भनेकै हाम्रा ग्राहकहरुलाई पुरानो मोटरसाईकल तथा स्कूटरबाट छुट्कारा दिलाई टिभीएसका नवीन डिजाइन र प्रविधिका मोटरसाईकल तथा स्कूटरहरुको सवार गराउनु हो । यसैकारणले हामीले ग्राहकहरुलाई विशिष्ट सुविधाहरु समेत यस योजनामा उपलब्ध गराएका छौं । आशा छ, टिभीएस टु ह्वीलरमा रुची राख्नु हुने ग्राहकहरुले यो सुनौलो अवसरको लाभ उठाउनु हुने नै छ ।’

उक्त योजना नेपालको अन्य शहरहरुमा पनि संचालन गर्दै लैजाने पनि उनले जानकारी दिए । टिभीएस कम्पनीका मोटरसाईकलहरु तथा स्कूटरहरु नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको छ ।


Back_to_top