टीभीएस मोटो शोल २०१९ भारतको गोवामा सुरु, यस्तो छ स्टन्टमा प्रयोग हुने बाइक

काठमाडौं । टीभीएस मोटर इन्डियाले भारतको गोवामा मोटो शोल रेसिङ र मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रमा भाग लिन नेपालबाट अटोपत्रकार, अटो भ्लगर र टीभीएसका अफिसियलको टोली गोवा पुगेको छ । 

उक्त कार्यक्रममा टीभीएसको बिक्री हुने विभिन्न देशबाट सहभागिता रहेको बुझिएको छ । कार्यक्रममा टीभीएसले उत्पादन गरेका मोटरसाइकलको बिभिन्न स्टन्टहरु प्रदर्शनी गरिने छन् । 

स्टन्टमा आरटीआर ३०० एफएक्स

रेसिङ डिएनए भनेर चिनिने टिभिएसले स्टन्टको लागि अपाचे आरटीआर ३०० एफएक्स मोटरसाइकलको प्रयोग गरेको छ । उक्त मोटरसाइकलमा ३०० सीसी क्षमताको ४ स्टोक, लिक्विड कुल्ड, सिंगलसिलिण्डर एसओएचसी इन्जिन दिइएको छ । उक्त इन्जिनमा ६ स्पीड म्यानुयल गियरबक्स जडान गरिएको छ ।

अपाचे आरटीआर ३०० एफएक्सको अगाडिको चक्कामा २७० एमएम र पछाडिको चक्कामा २२० एमएमको हाइड्रोलिक कन्ट्रोलसहितको डिस्क ब्रेक दिइएको छ । 

मोटरसाइकलको अगाडि एड्जस्टेवल कम्प्रेसन र रिवाउन्ड डम्पीङ व्यवस्था सहितको मोनोशक र पछाडि हाइड्रोलिक मोनोशोक सस्पेन्सन दिइएको छ । 

अन्य बाइक पनि 

कम्पनीले उत्पादन गरेको अन्य मोटरसाइकहरुपनि रेसिङको लागि तयार गरिएको छ । त्यसका लागि कम्पनीले आफ्ना बिभिन्न मोडललाई मोटो शोलमा सहभागि गराएको छ ।


Back_to_top