क्रेटापछि भेन्यूलाई टक्कर दिन कियाले जुलाईमा सबकम्प्याट एसयूभी ल्याउने

किया मोटरले आफ्नो भारतीय बजारको इन्ट्री दमदार बनाएको छ । कम्पनीले हुन्डाई क्रेटाको एकछत्र बजार रहेको कम्प्याक्ट एसयूभी सेग्मेन्टमा सेल्टोस सार्वजनिक गरेर सफलताको स्वाद चाखेसँगै अब सबकम्प्याक्ट एसयूभी सेग्मेन्टमा पनि भेन्यूलाई टक्कर दिन नयाँ एसयूभी बजारमा ल्याउने भएको हो ।

कियाले ‘क्युवाइआइ’ कोण नेममा बनाइरहेको यो एसयूभीलाई आगामी जुलाईमा सार्वजनिक गर्ने घोषणा गरेको छ । कियाले यसको प्रोटोटाइप २०१८ को अटो एक्स्पोमा प्रदर्शन गरेको थियो । यो एसयुभी अगस्ट महिनाबाट शोरुपमा आइपुगेको हो । विभिन्न १४ हजार डिलरमा उपलब्ध भएको यो एसयुभी ५० हजार युनिट बुकिंग भैसकेको छ ।

कम्पनीले आफ्नो ब्राण्ड न्यू मोडल क्यूवाईआईलाई २ इन्जिन अप्सनको साथ बजारमा ल्याउने छ । जसमा १.२ लिटर पेट्रोल र १.० लिटर टर्बो पेट्रोल इन्जिन रहने छ । उक्त इन्जिनमा म्यानुअलसँगै अटोमेटिक ट्रान्समिसनको विकल्प दिइने छ । 

यसमा रहेको १.२ लिटर इन्जिनले ८२ बीएच पावर र ११८ एनएम टर्क प्रदान गर्छ भने १.० लिटर इन्जिनले ११४ बीएच पावर र १७२ एनएम टर्क जेनेरेट गर्छ ।

कम्पनीले यसको फ्रन्टमा सिग्नेचर टाइगर नोज ग्रिल दिने छ भने स्प्लिट हेडल्याम्प क्लस्टरले गाडीलाई विशेष बनाउने छ । आकर्षक डिजाइन, तथा लुक्समा तयार भइरहेको यस मोडलमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, क्लाउड बेस सर्भिस जस्ता विशेषता रहने बताइएको छ ।

कियाको यो नयाँ एसयूभीले बजारमा भेनयूको अलावा फोडको इकोस्पोर्ट, मारुतीको भिटारा ब्रेजा, महिन्द्राको एक्सयूभी ३००, टाटाको नेक्सन जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top