यस्तो छ यामाहाको एडभेन्चर मोटरसाइकल ‘ट्यानरी-७००’

यामाहाले सन् २०२१ बाट अन्तर्राष्ट्रिय बजारमा बिक्री सुरु गर्ने मोटरसाइकल ट्यानरी–७०० अक्टोबर २३ बाट जापानको टोकियो सहरमा सुरु हुने ६४ औं टोकियो मोटर शोमा सार्वजनिक गर्ने भएको छ ।

लामो र रोमाञ्चक यात्रा गर्न चाहने ग्राहकलाई ध्यानमा राखि कम्पनीले तयार गरेको यो एडभेन्चर मोटरसाइकलले उक्त मोटर शोमा धेरैको ध्यान खिच्ने कम्पनीले विश्वास लिएको जनाएको छ ।

उक्त मोटरसाइकलमा ६८९ सीसी क्षमताको लिक्वीड कुल्ड डिओएचसी ४ स्टोक, ८ भल्भ इन्जिन दिइएको छ । जसमा ६ स्पीड गिएरबक्स जडान भएको कम्पनीको आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ ।

स्पोट्र्स मोटरसाइकलमा विश्व बजारमा आफ्नो अलगै पहिचान स्थापित गरेको यामाहा कम्पनीले यो मोटरसाइकलले विश्वमा एडभेन्चर मोटरसाइकलको पारखीलाई एकपटक आफुतिर आकर्षित गर्ने दाबी गरेको छ ।


Back_to_top