वैद्य्ज इनर्जीले एकैदिन गर्‍यो २०८ युनिट एथर स्कुटर डेलिभरी

काठमाडौं । वैद्य्ज इनर्जीले मेगा डेलिभरी गरेर किर्तिमान कायम गरेको छ । नेपालमै पहिलो पटक एकैदिन २०० युनिटभन्दा धेरै इलेक्ट्रीक स्कुटर डेलिभरी दिँदै कम्पनीले किर्तिमान कायम गरेको हो ।

कम्पनीले एकैदिन २०८ युनिट एथर इलेक्ट्रीक स्कुटर डेलिभरी गर्दै किर्तिमान कायम गरेको हो ।

पेट्रोलको मूल्य बढेसँगै इलेक्ट्रीक स्कुटरको माग बढेकाे छ । कम्पनीले लामो समयदेखि स्कुटर बुकिङ गरेका २०८ जना ग्राहकलाई एकैदिन स्कुटर डेलिभरी गरेको हो ।

कम्पनीले एथर ४५० र रिज्टा इलेक्ट्रीक स्कुटर डेलिभरी दिएको हो । देशभरीबाट विभिन्न स्थानबाट आएका ग्राहकहरुले एकसाथ स्कुटर डेलिभरी लिएका हुन् ।

एकैदिन २०८ युनिट स्कुटर हस्तान्तरण गर्ने यो उपलब्धिले एथर नेपालको अग्रणी विद्युतीय स्कुटर ब्रान्डको रुपमा अझ सशक्त बनाएको कम्पनीले बताएको छ । बाकि स्कुटर बुकिङ गरेर बसेका ग्राहकहरुलाई पनि छिट्टै स्कुटर डेलिभरी दिने कम्पनीले जनाएको छ ।

 


Back_to_top