आजबाट टाटाले बिक्री गर्ने ३ ईभीमा अफर

काठमाडौं । टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले आजबाट आफ्ना विद्युतीय कारमा एक्सचेन्ज मेला आयोजना गरेको छ । कम्पनीले काठमाडौंको थापाथली स्थित आफ्नै शोरुममा एक्सचेन्ज मेला आयोजना गरेको हो ।

सिप्रदीले बिक्री गर्ने टियागो ईभी, कर्भ ईभी र नेक्सन केथ्री मोडलमा एक्सचेन्ज क्याम्प आयोजना गरिएको हो । कुनै पनि ब्राण्डको गाडी ल्याएर उपभोक्ताले टाटाका ईभीसँग एक्सचेन्ज गर्न सक्नेछन् ।

कम्पनीका अनुसार ३ दिन चल्ने एक्सचेन्ज क्याम्पलाई सिप्रदीले स्मार्ट स्वीच स्लोगन सहित संचालन गर्न लागेको हो । यस एक्सचेन्ज क्याम्पमा सहभागि हुने ग्राहकले आकर्षक एक्सचेन्ज बोनस पाउने कम्पनीले जनाएको छ ।

त्यसैगरी हरेक कार खरिदमा गाडीको जीवनभर डिसी फास्ट चार्जिङ सुविधा पाउने छन् । एक वर्षको कर, निःशुल्क एशोसरिज र निःशुल्क होम चार्जर जडान सुविधा पनि टाटाले अफर गरेको छ ।

यस एक्सचेन्ज क्याम्पमा सहभागि मध्येबाट लक्की ड्र मार्फत आइफोन १७ प्रो म्याक्स जित्ने अवशर पनि प्राप्त हुनेछ । यसका अलावा प्रत्येक बुकिङमा आकर्षक उपहार पनि पाउन सकिने कम्पनीले जनाएको छ ।

सिप्रदीले यो एक्सचेन्ज क्याम्प आजबाट सुरु भएर आइतबार सकिने जनाएको छ ।


Back_to_top