हुन्डाईको भारत, मध्यपूर्व र अफ्रिका क्षेत्रलाई उछिन्दै उत्कृष्ट सर्भिस नेपाललाई

काठमाडौं । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई मोटर कम्पनीबाट प्रतिष्ठित ूइन्डिया, मिडल इस्ट एन्ड अफ्रिका (आइएमइए) सर्भिस पर्फमेन्स अवार्ड पाएको छ ।

गाडी बिक्रीपछिको उत्कृष्ट मर्मत सम्भार र उच्च ग्राहक सन्तुष्टिका लागि उक्त अवार्ड प्रदान गरिएको थियो । जसले गाडी बिक्रीभन्दा बढी ग्राहकको अनुभवलाई महत्व दिने हुन्डाईको बुझाइलाई प्रस्ट पार्छ।

धेरैजसो अटोमोबाइल ब्रान्डहरूले बिक्री र शोरुममा मात्र ध्यान दिँदा लक्ष्मी हुन्डाईले भने बिक्रीपछिको सेवालाई आफ्नो मुख्य शक्तिको रूपमा विकास गरेको देखिन्छ ।

ग्राहकलाई गाडी चढुन्जेल भरपर्दो सहयोग मिलोस् भन्ने उद्देश्यले कम्पनीले लगातार आफ्ना सेवा केन्द्रहरूको सञ्जाल बढाउन, कर्मचारीहरूको क्षमता सुधार्न र भौतिक पूर्वाधार आधुनिक बनाउन लगानी गरिरहेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको लक्ष्मी हुन्डाईले यसरी ग्राहक सेवाको विश्वस्तरीय मापदण्ड कायम गरेर पुरस्कार जित्नु अन्यको लागि पनि उदाहरणीय कार्य हो ।

कम्पनीले बिक्रीपछिको सेवालाई छोटो अवधिको व्यापार नभई दीर्घकालीन प्रतिबद्धता मान्दै आएको र उक्त अवार्ड सिङ्गो लक्ष्मी हुन्डाई टोलीको निरन्तर मेहनत, लगनशीलता र ग्राहकलाई सधैं पहिलो प्राथमिकतामा राख्ने साझा प्रयासको नतिजा मानेको छ ।

यो सम्मानले लक्ष्मी हुन्डाईलाई आगामी दिनमा नेपाली कार बजारमा उत्कृष्ट सेवा र ग्राहक सन्तुष्टिका नयाँ मापदण्डहरू स्थापना गर्न थप बल पुर्‍याउने कम्पनीको दावी छ ।


Back_to_top