काठमाडौं । टीभीएसले नयाँ १२५ सीसी मोटरसाइकल नेपाली बजारमा ल्याएको छ । कम्पनीले यसको बुकिङ खुल्ला गरिसकेको छ भने, केही दिनमा नै यसको विक्री सुरु गर्ने तयारी गरेको छ ।
हामीले रेडर १२५ को टेष्ट ड्राइभ गरेका थियौं । हाम्रो अनुभवमा १२५ सीसी सेग्मेन्टमा टीभीएसले उत्कृष्ट मोडल ल्याएको छ । जसले एनटर्कको सफलता जस्तै नयाँ बेञ्चमार्क राख्न सक्ने देखिएको छ ।
टीभीएसले १२५ सीसीमा निर्माण गरेको रेडर १२५ झट्ट हेर्दा १५० सीसी सेग्मेन्टको मोटरसाइकल जस्तो देखिन्छ । यसको फ्रन्ट लुक एग्रेशिफ डिजाइनमा रहेको छ । यसमा एलइडी डिआरएल सहितको एलइडी हेडल्याम्प र टेलल्याम्प दिएको छ ।
यो मोटरसाइलमा सेग्मेन्ट फ्रस्र्ट फिचरहरु, गियर इन्डिकेटर, हेल्मेट रिमान्डर, रिभर्स एलसिडि कलर डिस्प्ले, धेरै पिक पावर, एन्डरसिट बुट स्पेश, कम्पनी फिटेड यूएबी पोर्ट जस्ता उत्कृष्ट फिचर दिएको छ ।
यो मोटरसाइकलमा दिइएको फिचर, लुक्स र पावरको कारण १२५ सीसी सेग्मेन्टमा एनटर्क १२५ जस्तै सफल हुन सक्ने देखिएको छ । यसको मूल्य पनि अन्य ब्रान्डका १२५ सीसी मोटरसाइकलको तुलनामा ३ हजार मात्र महंगो रहेको छ । तर, फिचरको कारण मूल्य गौण बन्छ ।
टीभीएस रेडर स्ट्राइकिंग रेड, ब्लेजिंग ब्ल्यू, विकेड ब्ल्याक र फियरी यल्लो गरी चार आकर्षक रंगमा आउने कम्पनीले जानकारी दिएको छ । यो मोटरसाइकल जगदम्बा मोटर्सले बीएस फोर इन्जिनमा आएकाले केही ग्राहक भने निरास हुन सक्छन् । तर, बीएस ६ को तुलनामा नेपाल आएको मोडल कम मूल्यको छ ।

