काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उडान संचालन सम्बन्धी नियम उल्लंघन गरेको आरोपमा दुई पाइलटलाई कारबाही गरेको छ ।
क्यानले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का दुई क्यापटेन विजय लामा र सोनी राणालाई कारबाही स्वरूप ग्राउण्डेड गरेको हो ।
क्यानले शुक्रबार निगमलाई पत्राचार गर्दै वाइडबडी जहाजका क्याप्टेन लामा र राणालाई अर्को सूचना नआएसम्मका लागि उडानमा रोक लगाउन निर्देशन दिएको हो।
उनीहरू दुवैले नियम विवरीत जहाजमा फोटो तथा भिडियो खिचेको क्यानले जनाएको छ । क्याप्टेन लामा यसअघि पनि नियम उल्लंघनमा कारबाहीमा परेका थिए ।

