मंसिर १४ देखि लीपमोटर र सिट्रोनको विशेष एक्सचेन्ज क्याम्प, ७ सुविधा पाइने

काठमाडौं । यही मंसिर १४ गतेदेखि लीपमोटर र सिट्रोनको ‘एक्सचेन्ज विथ द बेस्ट’ क्याम्प आयोजना हुने भएको छ ।

नेपालका लागि लीपमोटर, सिट्रोन, प्यूजोको आधिकारिक बिक्रेता सांग्रिला मोटर्स प्रालिले विशेष एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको हो ।

उक्त एक्सचेन्ज क्याम्प मंसिर २१ गतेसम्म देशभरका लीपमोटर र सिट्रोनका शोरुमहरूमा संचालन हुनेछ । जहाँ ग्राहकले आकर्षक लाभहरूका साथ आफ्ना सवारी साधनहरू अपग्रेड गर्ने अवसर पाउने छन् ।

लीपमोटरको क्याम्पमा ग्राहकले विभिन्न ७ सुविधा पाउने छन् । जसमा बी १० र सी १० कार चलाउने अवसर, नगद छुट, एक्सचेन्ज बोनस, निःशुल्क रोड ट्याक्स र दर्ता, २.२ किलोवाटको ट्राभल चार्जर, निःशुल्क ७ किलोवाटको होम चार्जर र थप एसेसरिज पाउने छन् ।

त्यसैगरी, सिट्रोन ‘एक्सचेन्ज विथ द बेस्ट’ क्याम्पमा एक्सचेन्ज बोनस, एमसीबी बक्स सहितको निःशुल्क ३.३ किलोवाट चार्जर, एक वर्षको अटो प्लस बीमा, निःशुल्क रोड ट्याक्स पाउने छन् ।

यो क्याम्प सीमित अवधिका लागि संचालन हुने कम्पनीले जनाएको छ ।


Back_to_top